माओबादी केन्द्र बागचौरको दोस्रो बिस्तारित बैठक सम्पन्न

माओबादी केन्द्र बागचौरको दोस्रो बिस्तारित बैठक सम्पन्न

माओवादी केन्द्र बागचौरले “समाजवाद उन्मुख आर्थिक समृद्धि र नमुना नगर निर्माणका लागि माओवादी सरकार” भन्ने मुल नाराका साथ आगामी चुनाव जित्ने अभियानमा लाग्ने तयारी

चैत १६, सल्यान

विज्ञापन

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौरको दोस्रो बिस्तारित बैठक बागचौरमा सम्पन्न भएको छ।

माओबादी केन्द्र बागचौरले आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाइ केन्द्रित गरी आयोजना गरिएको विस्तारित बैठकले  ३ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गर्दै बैठक सम्पन्न भएको हो।


माओवादी केन्द्र बागचौरले “समाजवाद उन्मुख आर्थिक समृद्धि र नमुना नगर निर्माणका लागि माओवादी सरकार” भन्ने मुल नाराका साथ आगामी चुनाव जित्ने अभियानमा लाग्ने तयारी गरेको छ। नगरपालिकाका प्रत्येक घरबाट १ घर २ भोटको लक्ष्य र बागचौर नगरपालिका माओवादी केन्द्रको पुर्ण सरकार स्थापना गर्ने उद्धेश्यका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।
कमिटील आसन्न स्थानिय तहको निर्वाचनमा पार्टीलाई अब्बल र बहुमतले जिताउन नगर स्तरिय मुल परिचालन समिति गठन, विभिन्न विभाग तथा उपसमितिहरु गठन, घोषणा पत्र निर्माण समिति, प्रचारप्रसार तथा सुचना संचार समिति, आर्थिक परिचालन, सुरक्षा तथा युवा परिचालन, समन्वय तथा सम्पर्क समिति, वार्ता संवाद गठन गरेको छ ।

पाँच कमाण्डमा  विभाजन गरि अभियान चलाउने निर्णय गरेको माओबादी केन्द्रले कमान नं. १ मा टिकाराम वलीको  कमान नं. २ मा कल्पना पुन, कमान नं. ३ मा सुम्निमा डि.सी., कमान नं. ४ मा लोकमान बुढाथोकी, कमान नं. ५ मा कमला वलीको नेतृत्व सहित जिल्ला समन्वयका सम्पुर्ण सदस्यहरुको समन्वयमा अभियान संचालन गर्ने भएको छ ।

प्रत्येक टोलमा टोल कमिटीको आयोजनामा टोल सभा गरी हरेक टोलमा जन अन्तक्रिर्या सँगै गुनासो  जन प्रशिक्षण गर्ने र सभालाई प्रदेश तथा जिल्लास्तरका नेताले सम्बोधन गर्ने बताइएको छ।

बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीको अध्यक्षतामा सुरु भएको बैठकमा केन्द्रीय सदस्य टेक ब. बस्नेत, टीका बुढाथोकी, केन्द्रीय सल्लाहकार समिति सदस्य, प्रदेश कमिटी सदस्यहरु, जिल्ला समन्यय संयोजक, सदस्यहरु, नगर कमिटी सदस्य र वडा कमिटी अध्यक्षहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक वलीले गरेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता