नेपाल दलित संघको आसन्न महाधिवेशनमा अध्यक्षमा क- कसले गरे दावीः हेर्नुहोस नाम वली सहित

नेपाल दलित संघको आसन्न महाधिवेशनमा अध्यक्षमा क- कसले गरे दावीः हेर्नुहोस नाम वली सहित

फागुन २६काठमाडौं ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन चैत्र ७ देखि ९ गते सम्म बुटवलमा हुँदैछ ।

विज्ञापन

अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष दलित संघमा उम्मेदवार छनोटको कसरतमा छन। यद्यपि दुवै समूहले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

२०७३ सालमा हुनुपर्ने संघको महाअधिवेशनको पटक पटक मिति सर्दै अहिलेसम्म हुन नसकेको हो।

अध्यक्ष पदका लागि दुबै समूहमा ६ जना भन्दा बढी नेताले आकांक्षा राखेका छन् ।

सभापति देउवा पक्षका आकाक्षीरु

शम्भु हजारा पासवान,

पासवान दलित संघको पूर्व उपाध्यक्ष हुन् । मधेसी मूलका पासवान नेता विमलेन्द्र निधि निकट भएका कारण गत मंसिरमा भएको १४औं महाधिवेशनमा देउवा पक्षको केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा पर्न सकेका थिएनान।

लोकेन्द्र विक,

अर्घाखाँचीका लोकेन्द्र विक पनि देउवा पक्षबाट अध्यक्षका आकांक्षी हुन् । उनी नेता मानबहादुर विश्वकर्मा निकट छन् । दलित संघका वर्तमान उपाध्यक्ष हुन ।

रामकृष्ण लकान्द्री

अध्यक्षको आकांक्षी टेलर संघका पूर्व उपाध्यक्ष हुन् । कैलालीका उनी दलित संघमा लामो राजनीति गर्ने तर पार्टीमा अवसर नपाएका व्यक्तिका रुपमा चिनिन्छन् ।

क्षेत्र सिंह टेलर

संस्थापनबाट

डोबाटे विश्वकर्मा,

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका तनहुँका डोबाटे गण्डकी प्रदेश सरकारका मन्त्री समेत हुन्

मुक्त महते,

संस्थापन समूहबाट अध्यक्षमा दावी गरेका महते दलित संघका पूर्व उपाध्यक्ष हुन् । रामेछापका उनले तत्कालीन जिल्ला विकास समितिमा उपेक्षित,उत्पीडित दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको जिम्मेवारी पाएका थिए।

शिव सुनार

संस्थापन बाट अध्यक्षमा दाबी गर्नेमा काभ्रेका शिव सुनार कांग्रेसका महासमिति सदस्य हुन

कृष्ण बिके रसाइली

बाँकेका महाधिवेशन प्रतिनिधि कृष्ण विके रसाइली पनि संस्थापनको तर्फबाट बाट अध्यक्ष पदको आकाक्षा राखेका छन।

आसन्न महाधिवेशनमा आकांक्षीमा संस्थापनबाट शम्भु हजारा पासवान वा लकान्द्री मध्ये एक हुने सम्भावना रहेको नेताहरु बताउँछन् । संस्थापन पक्षबाट नै डोबाटे बिश्वकर्म बलियो उम्मेदवार हुन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता