जाजरकोट पछि बझाङमा वडा अध्यक्ष लाइ अखिल क्रान्तीकारी द्बारा कालो मोसो

जाजरकोट पछि बझाङमा वडा अध्यक्ष लाइ अखिल क्रान्तीकारी द्बारा कालो मोसो

बझाङ माघ १०

जाजरकोट पछि बझाङमा वडा अध्यक्षलाइ अखिल क्रान्तीकारी द्बारा कालो मोसो दलिएको छ।

विज्ञापन

नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) बझाङले वित्थडचिर गाउँपालिका ८ का वडा अध्यक्षलाई कालोमोसो दलेको हो।

वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलेको अखिक्रान्तीकारी बझाङले प्रेश नोटमा जानकारी दिएको छ।

वडाध्यक्ष र वडा सचिव मिलेर आर्थिक हिनामिना गरेको, विभिन्न योजनाको रकम दुरुपयोग गरेको आरोपमा कालोमोसो दलिएको अखिल क्रान्तिकारी बझाङले जनाएको छ ।

आरोपी वडा अध्यक्ष २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अखिल क्रान्तीकारी द्बारा कार्वाही पछि गरिएको प्रेश नोट

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता