गोरखनाथ सामुदायिक सिकाई केन्द्रको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न :अध्यक्षमा खड्का निर्वाचित

गोरखनाथ सामुदायिक सिकाई केन्द्रको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न :अध्यक्षमा खड्का निर्वाचित

बुटवल – गोरखनाथ सामुदायिक सिकाई केन्द्र सैनामैनाको प्रथम साधारण सभा तथा अधिवेशन शुक्रवार सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालीकाका प्रमुख फणेन्द्र प्रशाद शर्माले महिला सशक्तिकरणका लागि गोरखनाथ सामुदायिक सिकाई केन्द्र द्धारा सञ्चालित महिला बिद्यालयले महत्वपुर्ण भुमिका खेलेको भन्दै विगतमा पढ्नबाट बन्चित भएका महिलाहरुलाई विद्यालय सम्म आउने वाताबरणको सिर्जना गरि सैनामैनाका हरेक नागरिकहरुलाई साक्षर बनाउनका लागि आगामि दिनमा पालिकाले विद्यालयलसंग हातेमालो गर्ने प्रतिवद्धता समेत जनाए ।

विज्ञापन

कार्यक्रममा विशिष्ट अतिथी सैनामैना नगरपालिकाका उपप्रमुख विना राना मगरले महिलाहरु शिक्षित भएको खण्डमा परिवार र समाजमा सकरात्मक प्रभाव पर्ने भन्दै महिलाहरु चुलोचौको मात्र सिमित नभई समाजका हरेक क्रियाकलापमा सहभागि बन्नु पर्ने भन्दै त्यसका लागि साक्षर बन्न जरुरी रहेको बताईन । महिला बिद्यालयको स्थापना भए देखि नै समाजमा विविध कारण पढ्नबाट बञ्चित बनेकाहरुलाई समेट्न सफल भएका कारण आगामि दिनमा पनि सबै महिलाहरुलाई खोजी खोजी पढ्ने बातावरण मिलाउनेमा विश्वास व्यक्त गरिन ।

कार्यक्रममा निबर्तमान नगर प्रमुख चित्र बहादुर कार्की, नेपाली कांग्रेसका नगर उपसभापति लक्ष्मी आचार्य,नेकपा एमाले नगर अध्यक्ष चेतनारायण न्यौपाने ,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष नारायण महत,रास्वपा नगर सभापति राज बहादुर क्षेत्री ,क्याम्पस प्रमुख हेम बहादुर थापा, लगाएतले बोल्दै समाज परिवर्तनको संवाहक भनेकै शिक्षा भएकाले पढ्नलाई उमेर नछेक्ने बताउदै निरक्षर नागरिकलाई साक्षर बनाउने सरकारको लक्ष्यलाई सबै मिलेर साथ दिने हो भने पनि सैनामैना नगरलाई सबै साक्षर नागरिक बस्ने पालीका भनेर नमुना पालीकाकारुपमा सबै तिर चिनाउन सकिने बताए ।

त्यस्तै विद्यालयको प्रथम अधिवेशमा सैनामैना वडा न.६ का वडा अध्यक्ष गोपाल पोख्रेलको संयोजत्वमा ,रामापुर क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख यदुलाल पन्थ, सहायक प्रध्यापक दिनेश पन्थि मन्जु ज्ञवाली रहेकोे ४ सदस्यीय निवार्चन कमिटीले रहेको थियो ।

अधिवेशनबाट लता खड्काको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिती गठन भएको छ । जसको सदस्यहरुमा सावित्रा सोमरे,सुस्मा छिनाल,दुर्गामाया श्रेष्ठ,माया विक,चन्द्रमा पौडेल ,प्रेम कला सिन्जापती ,पदेन सदस्य रामापुर मा.वीका प्र.अ कृष्ण पौडेल, क्यापस प्रमुख हेम बहादुर थापा , वडा न. ६ का वडा अध्यक्ष  गोपाल पोख्रेल ,सैनामैना नगरपालिका शिक्षा शाखा अधिकृत राधा बेल्बासे निर्वाचित भएका छन्  ।

उक्त कार्यक्रम लता खड्काको  अध्यक्षता तथा सामुदायिक परिचालक सिर्जना न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता