राष्ट्रिय सभा निर्वाचन दुइ प्रदेशमा प्रभावित प्रहरी र प्रदर्शनकारी बिच झडप

राष्ट्रिय सभा निर्वाचन दुइ प्रदेशमा प्रभावित प्रहरी र प्रदर्शनकारी बिच झडप

माघ १२ काठमाडौ

राष्ट्रिय सभा निर्वाचन दुइ प्रदेशमा प्रभावित प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ।

विज्ञापन

 राष्ट्रिय सभा निर्वाचन सुरु भएको केही समयमै मधेश प्रदेश र वागमती प्रदेशमा प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ।

मतदान स्थलमा विभिन्न नारा सहित प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गर्दा झडप भएको हो ।

अहिले झडप नियन्त्रण भइसकेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी उपरीक्षक प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले बताए।

बागमती प्रदेशमा पनि मतदानस्थलमा प्रदेश सांसदले नै निर्वाचन अधिकृतमाथि हातपात गरेका छन।

गोप्य मतदान केन्द्रमा माओवादी केन्द्र तर्फकी सांसद हिमाली गोलेले फोटो खिच्न खाेच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले फाेटाे खिच्न निषेध भएकाे भन्दै मोबाइल खोसेको पछि माओवादी सांसद राजकाजी श्रेष्ठले निर्वाचन अधिकृत श्रेष्ठकाे माथि हातपात गरेको बताएको छ।

अहिले उक्त मतदान स्थल तनावग्रस्त रहेकाले  मतदान कार्य राेकिएकाे र थप सुरक्षा टाेली माग गरि नियन्त्रणमा लिने प्रयास भइरहेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक धुर्वराज राउतले बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता