अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सल्यान बिभिन्न कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सल्यान बिभिन्न कार्यक्रम सम्पन्न

फागुन २४ सल्यान

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सल्यानको कालीमाटी गाउपालिकामा बिभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ।

विज्ञापन

Gender equality today for a sustainable tomorrow अन्तराष्ट्रिय नारा तथा सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नाराका साथ आज बिश्वभर ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस आज देशभर मनाएको छ।

कालीमाटी गाउपालिका वडा नं ३ को आयोजना दलित सेवा संघ सल्यान र दलित विकास सल्यानको साझेदारीमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता खुल्ला लोकदोहरी प्रतियोगीता बक्तृत्व कला प्रतियोगीता र घैटोफाेर प्रतियो गिता सञ्चालन गरिएको थियो

सञ्चालन गरिएका प्रतियोगितामा हाजिरी जवाफ प्रतियोगितामा ६ वटा समुह लोक दोहरी प्रतियोगितामा ५ वटा समुह बक्तृत्व प्रतियोगितामा ४ वटा समुह अन्धो खेलमा २० जना सहभागी भएका थिए।

सहभागी प्रतियोगीहरुमा

अन्धो खेलमा जुनु सारु प्रथम

हाजिरी जवाफ प्रतियोगितामा

दलित महिला उत्थान समुह प्रथम

ढोरेनी कबुलियती तरकार खेती समुह द्धितिय

कछुवा दह समुह तृतिय

लागीगुराँस समुह सान्तवना

लोकदोहरी प्रतियोगितामा

प्रथम ढोरनेनी कबुलियती तरकारी खेती समुह

द्धितिय जनचेतना घर बगैचा सुधार

लाली गुराँस समुह तृतिय

सान्तवना गंगामाला समुह

बक्तृत्वकला प्रतियोगीता

याम कुमारी सुनार प्रथम दलित महिला उत्थान समुह

मिना केसी गंगामाला समुह

सिता केसी सारु

सान्तवना तारा बिक ढोरेनी कबुलिती तरकारी खेती समुह

कालीमाटी गाउपालिका वडा नं ३ का वडा सदस्य दिल माया खत्रीको अध्यक्षता गाउकार्यपालिका सदस्य दुर्गा राजीको प्रमुख आथित्यता र कमला अधिकारी को बिशिष्ट आथित्यतामा सञ्चालन भएको कार्ययक्रममा वडा अध्यक्ष विर बहादुर वली सदस्य जित बहादुर यरी शिक्षक प्रतिनिधी बेलमती वली मेनका पौडेल यशोदा विष्ट दलित सेवा सल्यानका प्रमुख सामुदायिक सहजकर्ता भिम बहादुर परियार दलित बिकास समाज सल्यानका कालीमाटी गाउपालिका सामुदायिक सहजकर्ता प्रेम बिक को उपस्थिती रहेको कार्यक्रमको स्वागत भावना बिक तथा सञ्चालन वडा सचिव गिता बिक ले गरेको कार्यक्रममा प्रथम द्धितिय तृतिय र सान्तवना स्ठान हासिल गर्ने समुहलाइ नगद पुरुस्कार वितरण कार्यक्रमका अध्यक्ष दिलमाया खत्रीले गरेकी थिइन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता