त्रिदिवसिय लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण संबेदनशिलता सम्बन्धी कार्यशाला सुरु

त्रिदिवसिय लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण संबेदनशिलता सम्बन्धी कार्यशाला सुरु

१४ कातिक २०७८ काठमाडौं –

लैंङगीक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्वन्धी तीन दिने तालिम आजवाट राजधानीमा शुरु भएको छ।

विज्ञापन

मर्यादा मिडीयाको आयोजनामा सातै प्रदेशका दलित समुदायका महिलालाई प्रतिनिधित्व गराएर संचालन गरिएको कार्यशालामा दलित समुदायका राजनीतिक, सामाजिक तथा पेशागत जीवनमा करियर शुरु गरिरहेका ३ दर्जन महिलाहरुको सहभागिता रहेको छ ।

कार्यशालाको संविधान सभा सदस्य कमला विश्वकर्मा, वागमती प्रदेशसभा सदस्य शोभा शाक्य, मधेशी दलित महासंघकी केन्द्रीय सदस्य गीता पासवान, एशीयन जेण्डर ट्रेनिङ केआईजिएपीइ २० फेलो सावित्रा परियार, १९ फेलो अन्जु कडेल र मर्यादा मिडीयाका अध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

महिला समानता, प्रतिनिधित्व पहुच र प्रगतीलाई केन्द्रमा राखेर महिला सहभागिता र प्रतिनिधित्वमा विविधताको प्रवद्र्धन गरिरहेको मर्यादा मिडीयाले दलित महिला भित्रको विविधतालाई वकालत गर्न सुरु गरेको छ।

कार्यशालामा पहाडी दलित महिला, मधेसी दलित महिला र नेवारी दलित महिलाको विशिष्ट समस्यालाई सम्वोधन गर्न नयाँ पहल थालिएको उद्घोष गरिएको छ ।

कार्यशाला उद्घाटन सत्रका वक्ताहरुले नेपालको सामाजिक संरचनामा सबैभन्दा पिधमा परेको दलित समुदाय भित्र पनि दलित महिलाको सशक्तिकरणमा राज्य, राजनैतिक दल, नीजि क्षेत्र र गैर सरकारी क्षेत्रको विशेष पहल हुनु पर्नेमा जोड दिएका छन ।

लैंगीक, जातिय र आर्थिक रुपमा त्रिकोणात्मक मार खेपिरहेको दलित महिलाको सवाल अब राजकीय सवाल बनाउन नसके समतामूलक संवृद्धिको कल्पना पनि गर्न नसकिने वक्ताहरुले टिप्पणी गरेका छन ।

कार्यशालामा मानव अधिकार, सामाजिक न्याय लैंगीक समानता , समावेशीकरण र मानव मर्यादाका विविध पाटोवारे विषय विज्ञवाट अन्तकृयात्मक प्रशिक्षण दिइएको छ।