प्रदेश प्रमुख परियारले फागुपुर्णिमाको अवसरमा दिनुभएको शुभकामना सन्देश

प्रदेश प्रमुख परियारले फागुपुर्णिमाको अवसरमा दिनुभएको शुभकामना सन्देश

चैत ११ सुर्खेत

फागुपुर्णिमा होली पर्व २०८० को सुखद अवसरमा कर्णाली प्रदेश लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

विज्ञापन

वसन्त ऋतुको आगमनसंगै प्रत्येक बर्ष फाल्गुन शुक्ल पुर्णिमाको दिन आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपुर्णिमा होली पर्व हिमाली,पहाडी तथा भित्री मधेसका जिल्लाहरुमा चैत्र ११ गते तराई मधेशका जिल्लाहरुमा चैत्र १२गते विभिन्न रङ र अबिर खेल्दै हर्षोल्लासपुर्वक मनाउने चलन रेहको छ।

संघीयता,धर्मनिरपेक्षता,समानुपातिजक,समावेशि र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प संविधानले प्रदत्त गरेको छ । जातिय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको मुलुकमा सबै नेपालीहरुले खुसी र हर्षोल्लासपुर्वक रंङहरुमा रमायर यो पर्व मनाउने  यस पर्वले  नेपालीबिच सामाजिक सद्भाव एवम् राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउदै आएको छ।

मुलुकमा मनाइने विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व हो । होली पर्वले खराब प्रवृतिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गर्दछ र संस्कृतिको प्रबद्र्धन गर्दछ।

विविध संस्कृतिहरुको इन्द्रेणीको रुपमा हरेक नेपाली समाजमा रङहरुको पर्व फागु पुर्णिमाले समस्त नेपालीहरु बिच आपसी सद्भाव,सहिष्णुता,आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास  गर्नु भएको छ।

अन्तमाः यस पर्वले विद्यमान समाजमा विभिन्न प्रकारका विकृति,विसंङ्गति,कुरीति एवं कु–परम्पराहरुलाई निर्मुल गर्दै मौलिक संस्कृति सहितको सभ्य,सुसंस्कृत एवं न्यायपुर्ण समाजको निर्माण र संवद्र्धन गर्न उत्प्रेरित गरिरहोस भन्ने कामना सहित शुभकामना व्यक्त गर्नुभएको हो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता