सबै प्रकारका विभेद विरुद्ध दृढतापूर्वक क्रियाशील रहन प्रदेश प्रमुख परियारकोआव्हान

सबै प्रकारका विभेद विरुद्ध दृढतापूर्वक क्रियाशील रहन प्रदेश प्रमुख परियारकोआव्हान

चैत ८ सुर्खेत

कर्णाली प्रदेश प्रमुख तिलक परियारले सबै प्रकारका विभेद विरुद्ध दृढतापूर्वक क्रियाशील रहन आह्वान गर्नु भएको छ।

विज्ञापन

प्रदेश प्रमुख परियाले  ५९ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च) अवसरमा  सरकार र  सरोकारवालाहरु सबैलाइ सबै प्रकारका विभेद विरुद्ध दृढतापूर्वक क्रियाशील रहन आह्वान गर्नु भएको हो।

 

गोराहरुले गरेको रंगभेद र विभिन्न कालखण्डमा चलेको जातिय छुवाछुत तथा वर्गिय मुक्त्ति विरुद्धको आन्दोलनमा शहादत प्राप्त गनुहुने सम्पुर्ण मुक्त्तिकामी महान शहिदहरुप्रति हार्दिक श्रदाञ्जली  व्यक्त गर्दै प्रदेश प्रमुख परियारले  नेपालको संविधान २०७२  तथा यस अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रूपमा लिदै त्यसलाई निषेध गरेको बताउनु भएको छ।

विविधता विचको एकता,सामाजिक ,सांस्कृतिक ऐक्यवद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गिय,जातिय,क्षेत्रिय,भाषिक, धार्मिक,लैङगीक विभेद तथा सबै प्रकारका जातिय विभेदको अन्त्य गरी आर्थिक समानता ,समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न संघियता,धर्मनिरपेक्षता,समानुपातिक समावेशि र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प संविधानले गरेको छ।

तथापि, समाजमा विद्यमान पुरातन सोच,आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन सकिरहेको छैन । छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण¸ सभ्य¸ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाचो रहेको बताउनु भएको छ।

यसका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकता महसुस गर्दै  जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएकोले  जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन म सम्बद्ध सबैमा हार्दिक आव्हान गर्नु भएको छ।

शुभकामनाको पुर्ण पाठ 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता