कुमाख गाउँ पालिका सल्यानले ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

कुमाख गाउँ पालिका सल्यानले ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

मंसिर २०, सल्यान ।

कुमाख गाउँ पालिका सल्यानले ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने  निर्णय गरेकाे छ।

विज्ञापन

पालिकाले बुधबार वडा नं. १ बाट शुरु गरिने शिविरमा यस बर्षको पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।
वडा स्तरमा  ५ बर्ष मुनिका बालबालिका बाहेक सामाजिक सुरक्षा प्राप्त गर्ने अन्यलाई वितरण गरिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले हस्ताक्षर गरेको सूचनामा ६८ बर्ष माथिका जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधुवा, पूर्ण अपाङ्गता र अशक्त अपाङ्गता नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जनाइएको छ ।
मंसिर २१ गते वडा नं. १ बाट, मंसिर २५ गते २ नं वडा कार्यालय, २८ गते ३ नं. वडा कार्यालय र २९ गते हिमालय बैंक रागेचौरमा भत्ता वितरण गरिनेछ ।
त्यस्तै पौष ३ गते ४ नं. वडा कार्यालय, ५ गते ५ नं. वडा कार्यालय र ७ गते ६नं. वडा कार्यालयमा विहान १० बजेदेखि बेलुका ३ बजेसम्म हुने शिविरमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र, नागरिकता र अपाङ्गता परिचयपत्रका आधारमा भत्ता वितरण गरिने बताईएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता