कुमाख गाउँ पालिका सल्यानले ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने
-
ई-प्रतिविम्ब
- २०७९ मंसिर २०
- 458 views
मंसिर २०, सल्यान ।
कुमाख गाउँ पालिका सल्यानले ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेकाे छ।
पालिकाले बुधबार वडा नं. १ बाट शुरु गरिने शिविरमा यस बर्षको पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।
वडा स्तरमा ५ बर्ष मुनिका बालबालिका बाहेक सामाजिक सुरक्षा प्राप्त गर्ने अन्यलाई वितरण गरिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले हस्ताक्षर गरेको सूचनामा ६८ बर्ष माथिका जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधुवा, पूर्ण अपाङ्गता र अशक्त अपाङ्गता नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जनाइएको छ ।
मंसिर २१ गते वडा नं. १ बाट, मंसिर २५ गते २ नं वडा कार्यालय, २८ गते ३ नं. वडा कार्यालय र २९ गते हिमालय बैंक रागेचौरमा भत्ता वितरण गरिनेछ ।
त्यस्तै पौष ३ गते ४ नं. वडा कार्यालय, ५ गते ५ नं. वडा कार्यालय र ७ गते ६नं. वडा कार्यालयमा विहान १० बजेदेखि बेलुका ३ बजेसम्म हुने शिविरमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र, नागरिकता र अपाङ्गता परिचयपत्रका आधारमा भत्ता वितरण गरिने बताईएकाे छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा