प्रदेश (क)मा शर्मा  र प्रदेश (ख)मा  केसीकाे एकल नाम अनुमाेदन संघमा बस्नेत र मल्लकाे दावी

प्रदेश (क)मा शर्मा र प्रदेश (ख)मा केसीकाे एकल नाम अनुमाेदन संघमा बस्नेत र मल्लकाे दावी

भदाै २२ सल्यान

नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति सल्यानकाे चाैथाे पुर्ण बैठक सल्यान खलंगामा सम्पन्न भएकाे छ।

विज्ञापन

नेकपा माओबादी केन्द्रकाे पाेलिटब्युराे सदस्य टेक बहादुर बस्नेत र रमेश मल्लकाे बिशेष उपस्थितीमा चाैथाे पुर्ण बैठक सल्यान खलंगामा समपन्न भएकाे छ।

आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनकाे उम्मेदवारीकाे नाम टुङ्गाे लगाउन बसेकाे चाैथाे पुर्ण बैठकले नगर समिती पालिका समिती हुदै क्षेत्रकाे राय सल्लाह र सुझाव लाइ मध्येनजर गर्दै संघ र प्रदेश सिफारिस हुने नेताकाे टुङ्गाे लगाउन नेताहरुकाे थप गर्हकार्य गरी नाम सिफारिस गर्ने बताएकाे छ।

प्रदेश क र प्रदेश ख तर्फ भने नेता भिम प्रकास शर्मा र नेता चित्र बहादुर केसीकाे नाम अनुमाेदन भएकाे छ।

बैठकले नेता टिका बुढाथाेकी झरणा लाइ संघमा एकल नाम सिफारिस गर्न सुझाव दिए पनि दिलमाया बुढा कमल बिक र रत्न बहादुर वलीकाे नाम क्षेत्र बाट सिफारिस गरिएकाे छ।

त्यस्तै प्रदेश क तर्फ समानुपातिक तर्फ तिलक बिक कल्पना पुन र धर्मे बुढाकाे नाम सिफारिस गरिएकाे छ।

प्रदेश ख तर्फ रुद्र बहादुर घर्ती लाइ समानुपातिक तर्फ एकल नाम सिफारिस गर्न निर्वाचन क्षेत्र नं २काे सहमति भएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता