दलित समुदायकाे मुक्ति नै  बैधानिक संघर्षकाे माेर्चा  तयार पार्नु हाेः नेता बस्नेत

दलित समुदायकाे मुक्ति नै बैधानिक संघर्षकाे माेर्चा तयार पार्नु हाेः नेता बस्नेत

भाद्र ५ सल्यान

दलित समुदायकाे मुक्ति नै बैधानिक संघर्षकाे माेर्चा तयार पारेर मात्र हुने माओबादी केन्द्रका पाेलिटब्युराे सदस्य टेक बहादुर बस्नेतले बताएका छन।

विज्ञापन

नेपाल दलित मुक्तिमाेर्चा जिल्ला समन्वय समिती सल्यानले आयाेजना गरेकाे पाँचाै भेला तथा प्रशिक्षण कार्यक्रममा नेता बस्नेतले दश बर्षिय महान जनयुद्ध १९ दिने जनआन्दाेलन बाट प्राप्त उपलब्धि नै सम्झौताकाे दस्ताबेजकाे रुपमा २०७२ काे संबिधान प्राप्त गरेकाले यसले दलित समुदायमा प्रदत्त गरेका हक अधिकार धारा २४ धारा ४० र धारा २५५ काे कार्यन्वयन गर्न अब बैधानिक माेर्चाकाे रुपमा माेर्चाले सरकारका तिन तहमा नै खबरदारी गर्नु पर्ने बताए।

उनले भने अहिलेकाे स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकार का तिन तहले दलित समुदायकाे लागि हुने बिभेद र छुवाछुतकाे लागि कुनै कार्यक्रम ल्याउन नसकेकाे बरु डाेजर चलायर गरिवकाे एक छाक टार्ने जमिन उठिबास लगाउने गरेकाले बिकासका नाममा बिनास नगरी मानव आबश्यक्ताका आधारमा बिकास गर्न स्थानिय सरकारलाइ खबरदारी गर्न सुझाएका छन।

माओबादीले केही बिकास गरेन भन्नेहरुका लागि पञ्चायत राजा ले गर्न नसकेकाे बिकास माओबादीले पाँच बर्षमा गरेकाे हेर्न नसकेर प्रतिपक्षकाे दिवा सपना मात्र भएकाे बताए।

त्यस्तै माओबादी केन्द्रका केन्द्रिय सदस्य भिम प्रकास शर्माले दलित समुदायमा हुने सबैखाले बिभेद सामाजिक रुपमा अमानविय र कानूनी रुपमा दण्डनिय हुने कुरा संबिधान मात्र समित भएकाे र यसलाइ सबै तह र समुदायमा अभियानका रुपमा लैजान सुझाएका थिए।

उनले भने मा‌ओबादी केन्द्र निकट दलित मुक्तिमाेर्चा र अरु पार्टीका संगठनमा उस्तै काम र आन्दाेलन गर्ने भए एउटै संगठन जस्तै दलित मुक्तिमाेर्चा हुने हाे भने किन दलित मुक्तिमाेर्चा हुने त्यसैले दलित मुक्तिमाेर्चाले राजनैतिक बैचारिक संगठन र संघर्षका कार्यक्रमहरु फरक बनायर लैजाने बताए। दलित समुदायकाे मुक्तिकाे लागि सल्यान जिल्लामा मात्र ४१ जना दलित याेद्धाले बलिदान गर्नेले नै सल्यानमा दलित मुक्तिका लागि दलित मुक्तिमार्चा अरुपार्टीका दलित संगठन भन्दा फरक भएकाे जिकिर गरे।

दलित मुक्तिमाेर्चा कर्णाली प्रदेश ईन्चार्ज राताे कामीले दलित मुक्तीका लागी अब सडक हैन सदन र सरकारमा खबरदारी गर्न आबश्यक परेकाे बताए।

उनले भने जातिय बिभेद अदृश्य रुपमा देखा पर्न थालेकाले यसका लागि कार्णालीमा जातिय बिभेदका घटना दैनिकी जस्तै भएकाले यसकाे जरैदेखि उन्मुलन गर्न सहमति बाट हैन सघर्षबाट गर्न तयार हुन निर्देशन दिएका थिए।

माेर्चाकाे कर्णाली प्रदेश सदस्य पार्वति बिकले अब कर्णालीमा मान्छे अछुत बनाउने समाज सरकार ब्रहामणबादी साेचबाट ग्रसित समाजकाे चुञ्गलबाट मुक्ति पाउन धेरै समय कुर्न नपर्ने बताइन ।

उनले भनिन समाज जातमा आधारित छ त्यही जात ब्यबस्थामा आधारित राज्यसत्ता प्राप्त गर्न दलित मुक्तिमाेर्चा शक्तिका रुपमा उदायमान हुनकाे लागी बस्ति बस्तीमा जातिय बिभेद बिरुद्धका शेल तयार पार्नु पर्ने बताइन।

पाचाै भेलाका प्रमुख अतिथी पार्टी पाेलिटब्युराे सदस्य टेक बहादुर बस्नेतले स्थानिय तह निर्वाचन २०७९मा निर्वाचित हुने ४९ जना सदस्यहरुला टिका लगाएर सम्मान गरेका थिए।

माेर्चाका कर्णाली प्रदेश समिती सदस्य मानसिङ बिककाे अध्यक्षता तथा प्रदेश सदस्य भिम बहादुर परियारकाे सञ्चालनमा समपन्न भएकाे कार्यक्रममा माओबादी केन्द्र शारदा नगर कमिटी अध्यक्ष नबिन भडेल छत्रेश्वरी गाउँसमिती अध्यक्ष हिमाल यात्री पार्टी सचिव प्रेम बहादुर नेपाली जिल्ला समन्वय समिती सदस्य अम्मदिन मिया हुसेनकाे उपस्थिती रहेकाे थियाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता