सल्यानमा छाडा पशुचाैपाय ब्यबस्थापनकाे लागि शारदामा गाैशाला निर्माण हुने

सल्यानमा छाडा पशुचाैपाय ब्यबस्थापनकाे लागि शारदामा गाैशाला निर्माण हुने

असार १३ सल्यान

सल्यानकाे शारदा नगरपालिकामा छाडा पशुचाैपाया ब्यबस्थापनकाे लागि गाैशाला निर्माण हुने भएकाे छ।

विज्ञापन

छाडा पशुचाैपायले किसानलाई सताउन थाले पछि शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारी वडा नं १ मा पुगेर छाडा पशुचाैपाया ब्यबस्थापन गर्न गाैशाला निर्माण गर्ने बताएका छन।

नगरपालिकाकाे आर्थिक बर्ष २०७९/०८० काे बार्षिक बजेट रु २० लाख खर्च गरेर गौमाता छाडा चौपाया संरक्षणकाे लागि गाैशाला निर्माण हुने नगर प्रमुख भणडारीले बताए ।

नगरपालिकाकाे वडा नं १ मा छाडा पशुचाैपायाले किसानले लगाएका धानकाे ब्याड मकै बाली दिन प्रतिदिन नष्ट गरिदिन थाले पछि नगर प्रमुख भण्डारी किसानका गुनासाे सुन्न वडा नं १ मा पुगेका हुन।

सल्यानमा अघिल्लाे बर्ष किसानले असार १५ गते सम्म धान बाली लगाइ सकेका थिए तर यस बर्ष समयमा मनसुन सूरु नभए पछि किसानले धानकाे बिउमा सिचाइ गर्न माेटर बाट पानी तानेर सिचाइ गरेकाे धानकाे बिउ छाडा पशुचाैपायाले नष्ट गर्न थाले पछि नगर प्रमुख भण्डारीले केहि दिन भित्रै गाैशाला निर्माण गरी पशुचाैपायालाइ ब्यबस्थापन गर्ने काम थालनी गर्ने बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता