छत्रेश्वरी गाउँपालिकाकाे आयाेजनामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

छत्रेश्वरी गाउँपालिकाकाे आयाेजनामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

असार ४ सल्यान

सल्यानकाे छत्रेश्वरी गाउँपालिकाकाे आयाेजनामा एक दिने शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएकाे छ।

विज्ञापन

छत्रेश्वरि गाँउपालिकाकाे आयोजना तथा विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपा काभ्रे सहकार्यमा एक दिने घुम्ती शिविर सम्पन्न भएकाे हाे।

एक दिने घुम्ती शिविरमा १८ बर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालिकाकाे अनुगमन तथा स्वास्थ परिक्षण पहिचान गरी

१ सय ३७ जनाले स्वास्थ सेवा लिएका छन। सामाजिक विकास शाखा प्रमुख फाैद बहादुर बस्नेतकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा सागर नेपालीकाे बिशेष उपस्थिती रहेकाे कार्यक्रमकाे अध्यक्षता ६ न‌ वडा अध्यक्ष टिकाराम बुढाले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता