भिरबाट लडेर जाजरकोटमा एक पुरुषको मृत्यु
२३ पुष जाजरकोट, काली बहादुर नेपाली
भीरबाट लडेर जाजरकोटमा एक पुरुषको मृत्यु भएको छ।
भिरबाट लडेर जाजरकोट जिल्ला नलगाड नगरपालिकामा ४ का एक पुरुष भएको बताइएको छ ।
शुक्रबार दिउँसो २ बजेको समयमा समयमा नगरपालिका–४ कोठीगाँउका ७९ वर्षीय पलबहादुर रावलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नलगाड–४ मा पर्ने बाउसेखोला स्थित कोलतीको मोडमा भिरबाट लडेर रावलको मृत्यु भएको हो ।
स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएर अनुसन्धान जारी राखेको जनाएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा