चुनावी सम्भाषणको एक चुट्कीमा ……

चुनावी सम्भाषणको एक चुट्कीमा ……

श्रावन १३ सल्यान

गाउँ सरकार !

विज्ञापन

 बन्नु अघि

 सिंह गर्जिए झैं

 चुनावी सम्भाषणको

एक चुट्कीमा

बर्षौंदेखि अँध्यारो

मेरो गाउँ

 बिजुलीले झलमल्ल भयो ।। १ ।।

 चालीस नपुग्दै

दिवंगत भएका

पतिको सुर्ताले

 शोकको गर्तबाट

 सांसारिक जीवनमा

फर्किन नसकेकी

भदी कुमालका

गर्जका सुस्केराहरू

चुनावी सम्भाषणको

एक चुट्कीमा

खुशीले फेरियो ।। २ ।।

 गाबिस छँदै

 योजना तर्जुबाट

धेरैपटक पास भएर

कार्यान्वयन नभएको

तल्लो झिनचौरको

 पुरानो खानेपानी योजना

 चुनावी सम्भाषणको

 एक चुट्कीमा पूरा भयो ।। ३ ।।

 तर ,

गाउँ सरकार बनेपछि

मेरो गाउँ सरकार

गाउँबाट हरायो

बस्तीबाट हरायो

न बिजुली बल्यो

 न खानेपानी बन्यो

शोकको गर्तमा डुवेकी

 भदी कुमालको

 न घरको छाना फेरियो

चुनावी संभाषणमा

 एक चुट्कीले

गाउँलाई बदल्ने

सिंह गर्जन

आज कता हरायो ? ।। ४ ।।