हामीले के मागेका थियौ र ?

हामीले के मागेका थियौ र ?

असार १३ सल्यान

हामीले के मागेका थियौ र ?

विज्ञापन

प्रणाली स्थापित गर्न

राजनीतिक स्थिरता दिन

आफ्नै माटोमा काम गरी खाने

वातावरण सृजना गर्न

श्रमको उचित मूल्य दिन

सबैखाले विभेदजन्य

ब्यवहारहरु हटाउन

देशमा कानूनी शासन

छिमेकीहरुसंग

राष्ट्रिय हीत अनुकूल सम्वन्ध

जीवन उपयोगी शिक्षा

आफनै गाउंमा स्वास्थ्य उपचार

सांझ बिहानको खाना

घाम र झरिवाट जोगिन

सामान्य खालको छाना

मिलीजुली, ऐचोपैचो

गरी खाने मेसो

यति र यस्तै हुन

हाम्रा आवश्यकता

लडाई र विभाजन होइन

एकतावद्ध प्रयास

एकापसमा आदरसम्मान

यहांहरु आफनै कद

होचो बनाउन होइन,

लज्जाजनक अभिब्यक्ति

बन्द, सदा सादाका लागि

एकता र मिलनविन्दू

महामहिमहरुकै हातमा

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता