मेरो देशका पञ्चमाङ्गहरू …..

मेरो देशका पञ्चमाङ्गहरू …..

फागुन २० सल्यान

निर्वल शासकहरू

विज्ञापन

 सत्तामा टिकिरहन

 सत्तारोहन भैरहन

 पटक पटक

 देशको अस्मितालाई

 गामगुम बनाउँद‌ै

 सामसुम गराउँदै

 बिकासका नाममा

 सन्धि सम्झौता गरेर

 बेच्दै आएका छन्

कोशी गण्डकी

 टनकपु महाकाली

 प्रमाण हुन महासय ।। १ ।।

 वर्षेनि

डुवानमा परेर

जीउधन गुमाउने

मेरो प्रिय मधेस

 कोशीको बहावमा

वर्षेनिमा बगिरहन्छ

 किनकि ,नेपालको हक

 कुन्ठित हुने गरी

कोशी बाँधका

छपन्न ढोकाहरू

 खोल्ने र बन्द गर्ने

 साँचोहरू

 मातृकाले

 नेहरूलाई सुम्पिदिए ।। २ ।।

 बिपिले

 गण्डक छालमा

 स्नान गर्दै

 कृतिम जलाशय बनाएर

पानी जहाज चढेको

सपना देखे

गुपचुपमा

 विमर्श नचलाई

गण्डकमा

 बाँध लगाउन

 नेहरूलाई

 दुई सयबर्षसम्म

 हक कायम हुने

सन्धि सम्झौताको

 लालपुर्जा दिए ।। ३ ।।

 नारायणी नदीका

 सहायक नदीहरू

बूढीगण्डकी र

कालीगण्डकी,

 सेती, त्रिशूली र

मर्स्याङ्दी

दरौंदी र मादीका

मुहानहरूलाई

 आँखा चिम्लिएर

नेहरूको हक

कायम गरिदिए ।। ४ ।।

विपि दिवंगतका

चालीस वर्ष विते

विपिका पथमार्गिहरूले

 कोशीको पानी

 चिसो छ कि तातो

 कहिल्यै छामेनन्

 सेतो छ कि कालो

कहिल्यै हेरेनन्

तर , नेहरूमार्गिहरूले

 बाँध बाँधेर

बिहार र उत्तर प्रदेशलाई

हराभरा बनाउँदा

 हाम्रो भूमि

 सुस्ता र महेशपुरलाई

 मरूभूमि बनाए ।। ५ ।।

 गिरिजाबाबुले

आँखा चिम्म गरि

 गुपचुप हस्ताक्षर गरेर

सय बर्षको लागि

टनकपुर

 पिभी नरशिह रावलाई

 सुम्पि दिए

 यता ,

 टनकपुर बेचेको

घुइरो आवाज

 कतैबाट निस्कियो

सत्ताको लागि

काकाकुल बनेका

 ख्रुश्चोभ र

 मिखायल गोर्वाचोभका

नेपाली संस्करणहरूले

सडकहुँदै संसदसम्म

नारा लगाउन थाले ।। ६ ।।

 ख्रुश्चोभपन्थि केपीले

टनकपुर सन्धिभन्दा

अझ प्रगतिशील भनेर

पञ्चेस्वर र

 रूपाली गाडलाई

 पानी जहाजको

 जलमार्ग बनाउने

 महाकाली सन्धिमा

 लपेटि दिए

 कठै ! आजसम्म

 न सिचाइ

न बिजुली

न पानी जहाज

 त्यही अभिशप्त

 इतिहासलाई दोहोर्याउँदै

 बिपि पथमार्गिहरूको

अगुवाइमा

 मालेमाका अनुयायीहरूले

बानेश्वरमा बिरोधको

 नखरा र चटक

 देखाउन लगाएर

 संसद भवनमा

 ताली बजाइरहेका छन् ।। ७ ।।

साहित्यकार गणेश चिन्तन  ०७८ फागुन १८ , रूकुम पश्चिम