शिर्षक मेरा कबिताहरु‍‍‍………

शिर्षक मेरा कबिताहरु‍‍‍………

माघ १० सल्यान

प्रायः शासनका

विज्ञापन

सखियाहरूलाई

मेरा कविताहरू

 पटक्कै मन पर्दैनन्

किनकि

शासनसंग

मेरा कविताहरू

कठोर विमति राख्छन।।१।।

गरिबीको

तथ्यांक बेचेर

यहाँ शासन चल्छ

 शासनका लागि

 गरिबी चाहिन्छ

 यसकारण

 शासनसंग

 मेरा कविताहरू कठोर विमति राख्छन् ।। २ ।।

देशको अस्मिता र

 स्वाभिमान बेचेर

यहाँ शासन चल्छ

शासनका लागि

स्वाभिमान बेच्नुपर्छ

 स्वाभिमान बेचेर

 शासनमा आसन

जमाउनेहरूसंग

मेरा कविताहरू

कठोर विमति राख्छन् ।। ३ ।।

 सवा सयभन्दा अघि

चन्द्रशम्शेरले बनाएको

सिंहदरबारको

 भत्किन थालेको

जिर्ण कौसीमा बसेर

पर इसाराबाट

केही थान

हुतीहाराहरूको

यहाँ शासन चल्छ

शासनको

यो हुतीहारापनसंग

मेरा कविताहरू

कठोर विमति राख्छन् ।। ४ ।।

 स्वाभिमान

लाचार भएपछि

 सत्तामा गएर

 कायल बन्छ

बिचार

ढोंगी भएपछि

 सत्ताको दाम्लोमा

 फनफनी डोरिन्छ

 त्यसपछि

 सपनाको अवसान हुन्छ

 शासनको यो

हुर्मतहारापनसंग

 मेरा कविताहरू

 कठोर विमति राख्छन् ।। ५ ।।

 प्रधानमन्त्री / मन्त्रीहरू

 मन्दिरको

शिलान्यास गर्दै हिड्छन्

कथित शक्तिपिठहरूमा

 बलि चढाउँदै हिड्छन्

 भन्छन् धर्म निरपेक्षता

 भीरबाट लडेर मरेको

गोरु खाएको आरोपमा

 बेकसुर मेरा

 सहधर्मि तामाङहरूलाई

जेल हाल्छन

 हिन्दुत्वको गुरूत्वमा चल्ने

 मेरो सरकारप्रति

 मेरा कविताहरू कठोर विमति राख्छन् ।।

लेखक साहित्यकार गणेश चिन्तन ०७८ माघ १० , सानीभेरी रूकुम पशिम ।।