जाजरकोटमा तपाईको मास्क खोई ? अभियानमा प्रहरीको सक्रियता

जाजरकोटमा तपाईको मास्क खोई ? अभियानमा प्रहरीको सक्रियता

माघ ९ जाजरकोट

जाजरकोटमा तपाइको मास्क खोई अभियानमा प्रहरीको सक्रियता देखिएको छ।

विज्ञापन

कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर तीव्र भएपछि जिल्ला ‘तपाईको मास्क खोई ?’ अभियानमा प्रहरीले सक्रियता बढाएको हो।

शनिवार प्रहरी नायव निरीक्षक नन्दकली कटुवालको कमाण्डमा ६ जना प्रहरी टोली खटिई अभियानसँगै नागरिकहरुलाई मास्क समेत वितरण गरिएको छ ।

नागरिकको आवतजावत बढेको र नागरिकहरुले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै ‘तपाईको मास्क खोई ? ’ अभियान सुरु गरिएको प्रहरी नायव निरीक्षक नन्दकली कटुवालले जानकारी दिईन् । अभियानको पहिलो दिन ३ सय थान मास्क वितरण गरिएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता