सल्यानकाे कालीमाटी स्वास्थ्य शाखाले सुनाैला हजार दिनकाआमालाई दियाे पाेषण झाेला

सल्यानकाे कालीमाटी स्वास्थ्य शाखाले सुनाैला हजार दिनकाआमालाई दियाे पाेषण झाेला

असार २१ सल्यान

सल्यानकाे कालीमाटी गाउपालिका स्वास्थ्य शाखाले सुनाैला हजार दिनका आमालाइ आज एक कार्यक्रमका विच पाेषण झाेला वितरण गरेकाे छ। सल्यानका दश स्थानिय तह हरुमा बहुक्षेत्रिय पाेषाण याेजना कार्यक्रम लागु भए लगतै कालीमाटी गाउपालिकामा पनि उक्त कार्यक्रम लागु भएपछि आर्थिक वर्ष ०७७/०७८काे स्वीकृत वजेट बाट गाउपालिकाका सात वटै वडाका ३७८ जना सुनाैला हजार दिनका आमा मध्ये ३२४ जना आमालाइआज एक कार्यक्रम विच पाेषण झाेला वितरण गरिएकाे हाे।

विज्ञापन

गाउपालिका अध्यक्ष दान बहादुर के सी

गाउपालिकाका सात वटै वडा मध्ये वडा नं ३ मा आयाेजित पाेषण झाेला वितरण कार्यक्रममा बाेल्दै अध्यक्ष दान बहादुर केसीले बहुक्षेत्रिय पाेषण याेजना कार्यक्रमले सुनाैला हजार दिनका आमा र बच्चाकाे स्वास्थ्य हेरचाहा सगै पाेषणयुक्त खाना खाने बानीकाे विकास गर्नुकाे साथै घरायसी जनावरबाट पाइने ,फलफुलबाट पाइने ,अन्न बाट पाइने, गेडागुडी वाट पाइने, माछा बाट पाइने पाेषणयुक्त खाने कुराकाे उपयाेग र संरक्षण गर्न आमाहरुलाइ मात्रै हैन सासु बुहारी , श्रीमान श्रीमती सुत्केरी आमा र वालकलाइ पनि सचेत बनाएकाे बताए। यसकाे प्रयाेग ‍ हजार दिनका आमा र बच्चा मात्र नभइ हामी सबैले पाेषणमा ख्याल नगरे स्वास्थ्य अबस्था जतिबेला पनि जाेखिममा रहेकाे बताए।

सुनाैला हजार दिनका ३ सय २४ जना आमालाइ प्रति ब्यक्ती एक सर्बाेतम लिठाे,एक वटा हरलिक्स,एक पाेका नुन, दाँत मन्जन र ब्रस नङकट,अण्डा, सहितकाे झाेला वितरण कार्यक्रममा उपाध्यक्ष सहनसिलता वली डिसी, प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर खत्री, ३ नं वडा अध्यक्ष विर बहादुर वली,सदस्य जित बहादुर यरी, भेग प्रसाद उपाध्यय, सिता बिक काे उपस्थिती रहेकाे कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा प्रमुख गाेरख बहादुर थापाले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता