नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्मा द्वारा एक दिने अन्तरक्रिया
प्रकाश शर्मा दार्मा भदाै ७ सल्यान
नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्मा द्वारा एक दिने अन्तरक्रिया कार्यक्रम दार्मा गाउँपालिकामा सम्पन्न भएकाे छ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्माकाे आयाेजनामा एक दिने अन्तरक्रिया कार्यक्रम समपन्न गरिएकाे हाे।
स्थानिय तहका निजामति कर्मचारी हरुले निजामती ऐन ल्याउनुपर्ने लगायतका माग राख्दै थालियकाे आन्दाेलन मा ऐक्कबद्धता जनाउन अन्तरक्रिया गरिएकाे बताएकाे छ।

कर्मचारी संगठन दार्माका अध्यक्ष दिपक चन्दकाे अध्यक्षतामा सञ्चालन गरिएकाे अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी नेता भिम प्रकास शर्माले संघियताकाे मर्म र भावना अनुसार काम गर्न स्थानिय सरकार लागि परेता पनि कुनै न कुनै तरिकाले संघियता मा प्रहार गर्न खाेजिरहेका बताउदै शर्मा ले संघियता नेपाल मा परिक्षण कालमा रहेकाले यसकाे पुर्ण कार्न्वयनमा राष्टसेवक कर्मचारीहरु लाग्नु पर्ने बताए।
यहाँ भएका समस्या हरु मा खेलेर हजाराै सहिद काे बलिदान त्याग तपस्याबाट प्राप्त भएकाे संघियता मा अग्रगमन नचाहाने शक्ति हरुले प्रहार गर्न खाेजि रहेकाेले कर्मचारीहरु संघियताकाे पक्षधरताकाे रुपमा उभिन आबश्यक भएकाे जिकिर गरे। भएकाले यसकाे संस्थागत कार्यन्वयमा सहयाेग गर्नु पर्ने बताए।
स्थानिय तहका कर्मचारी हरुलाइ अधिकार प्रत्याभूति गर्न माथिल्लाे निकायले नमानेकाले निजामती ऐन नल्याएको बताए कर्मचारीहर अहिले आन्दाेलन रहनुले निजामति कर्मचारी ऐन ल्याउन यसले केही दवाव सृजना गर्ने बताए।
अन्तरक्रिया कार्यक्रममा नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा दार्मा गाउँपालिमा इन्चार्ज अनन्त प्रसाद शर्मा
नेकपा माओवादि केन्द्र दार्मा अध्यक्ष चन्द्र बहादुर रावत सचिब दुर्गा मल्ल सेतिराम राेकायकाे बिषेश उपस्थिती रहेकाे थियाे।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा