पाल्पामा दलित पत्रकार उत्पादनको लागी  पाँच दिने उदघोषण तालिम आयोजना

पाल्पामा दलित पत्रकार उत्पादनको लागी पाँच दिने उदघोषण तालिम आयोजना

फागुन २१ पाल्पा सञ्जुदेवी परियार

दलित पत्रकार उत्पादनका लागी पाल्पामा पाँच दिने उदघोषण तालिम आयोजना गरिएको छ।

विज्ञापन

दलित बर्ग उत्थान नगर समन्वय समितिको आयोजना तथा रामपुर नगरपालिकाको आर्थिक सहयोगमा दलित पत्रकार उत्पादनको लागी ५ दिने उद्घोषण तालिम रामपुर नगरपालिका वडा न. ५ को नमस्ते पाल्पा होटेलको सभाहलमा आयोजना गरिएको हो।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले ५ दिने उद्घोषण तालिलमको उद्घाटन गरेका हुन।

उद्धघाटन कार्यक्रममा बोल्दै थापाले पत्रकार हरुले सदियौ देखि उत्पीडनमा रहेका जात जाती भाषा भाषी जातीय बिभेदको चर्को मारमा पारेका समुदायको आवाज लाइ सम्बोधन गर्न नसकेको समयमा यो तालिमले दलित तथा मानव अधिकारको प्रत्याभुती र परिबर्तन , समानता र सहभागिता मुलक समाज निर्माण समाजमा कलम चलाउनु पर्ने बताए।

उप-प्रमुख बिस्णु देबि घिमिरे आचार्य , नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष बिस्णु प्रसाद रेग्मी, नेपाली काङ्ग्रेस उपाध्यक्ष चिरञ्जीवी सिग्देल, नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष यम बहादुर सुनार, नेकपा एकीकृत समाजबादि पार्टीका रामप्रसाद भण्डारी , दलित शसक्तिकरण संजाल चापाकोट अध्यक्ष पुर्णिामा परियार, नेपाल दलित मुक्ति अभियान सचिवालय सदस्य , चापाकोट एफ एम का प्रतिनिधि प्रकाश सुनार र दलित बर्ग उत्थान समन्वय समितीका पुर्ब अध्यक्ष तथा हालका सल्लाहकार सदस्य अर्जुन सुनार को उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता दलित बर्ग उत्थान समन्वय नगर समितिको अध्यक्ष धन बहादुर सुनारले गरेको कार्यक्रमको स्वागत केश बहादुर नेपाली तथा सञ्चालन नगर सचिब सन्जु देबि परियारले गरेकी थिइन।

पाँच दिने उद्घोषण तालिमको प्रशिक्षण राष्ट्रीय दलित पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले गर्ने बताइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता