झण्डै एक महिना पछि जातिय बिभेद गर्ने नबिन बुढा प्रकाउ तर उनका बुवा प्रहरीकाे फरार सुचीमा

झण्डै एक महिना पछि जातिय बिभेद गर्ने नबिन बुढा प्रकाउ तर उनका बुवा प्रहरीकाे फरार सुचीमा

जुम्ला जिल्लाकाे सिंजा गाउँपालिका -६ का वडा अध्यक्ष कालिबहादुर बुढा र उनका छाेरा नविन बुढाले बिबेन्द्र नेपालीलाइ गरेकाे जातीय विभेद बिरुद्धकाे जाहेरी असार २५ गते जिल्ला प्रहरी कार्यलय जुम्लामा दर्ता भएकाे झण्डै एक महिना पछि जातिय बिभेद गर्ने वडा अध्यक्षकाे छाेरा नविन बुढालाइ प्रहरीले प्रक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यलयबाट पिडक लाइ नियन्त्रणमा लिन प्रहरी टाेली सिन्जा पुगे पनि पटक पटक प्रहरीलाइ छलेका नविन बुढालाइ प्रहरीले झण्डै एक महिना पछि प्रक्राउ गरेकाे प्रहरी सहायक निरिक्षक युवन कुमार चाैधरीले जानकारी दिए तर उनका बुवा वडा अध्यक्ष कालीबहादुर बुढा भने प्रहरीकाे फरार सुचीमा रहेका छन ।

विज्ञापन

जातीय विभेदका घटना लाइ प्रहरीले शुन्य सहनशीलता काम गर्ने र जातीय विभेद, तथा छुवाछूत लगयातका घटनालाइ प्रहरीले गम्भीरतापूर्वक लिइ नविन बुढालाइ सरकारी वकिलकाे कार्यालयबाट पाँच दिन म्याद थप गरेर अनुसन्धानकाे लागि थुनामा राखिएको चाैधरीले बताए।

अनुसन्धान प्रक्रिया अगाडि बढाउन साथै फरार वडा अध्यक्ष लाइ ढिला सुस्ती नगरी बिबेन्द्र न्याय दिने कुरामा अब केही शंकाकाे दायरा साँघुरिएकाेले यस बारे अझै दलित मानब अधिकार कर्मी तथा नागरिक समाजकाे दवाव आवश्यक भएकाे दलित अधिकारकर्मी हुरुले बताएका छन।

पिडित बिबेन्द्र नेपालीले आफुविरुद्ध जातिय बिभेद गर्ने पिडक वडा अध्यक्ष कालि बहादुर बुढा र उनका छाेरा नविन बुढालाइ जातीय छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ काे दफा ४ काे उपदफा १ र २ अनुरुप कसूर गरे वाफत कार्वाहीकाे माग राख्दै जिल्लामा नै जिवन सुरक्षाकाे लागी आफु बसेकाे बताएका छन ।

विभिन्न बहाना बनाएर पीडितलाई गलाउन खाेजिएकाे र मुद्दा प्रक्रियालाई झन्झटिलो बनाएर निरुत्साहित बनाउने खेल खेलिएकाे छाेरा प्रक्राउ पर्नु र बुवा फरार हुनुमा अझै केही रहस्य हुन सक्ने भएकाले फरार अभियुक्त वडा अध्यक्ष प्रक्राउ नहुदा सम्म खबरदारी आवश्यक पर्ने भएकाले सम्पुर्ण दलित अगुवा राजनैतिक दल तथा मानवअधिकार कर्मीलाइ पिडित विवेन्द्र नेपालीले न्यायकाे लागी पहल गरिदिन अनुराेध गरेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता