जुम्लाकाे इतिहासमा बिबेन्द्र बने पहिलाे दलित, जातिय बिभेद बिरुद्ध मुद्धा दर्ता गर्ने ब्यक्ती

जुम्लाकाे इतिहासमा बिबेन्द्र बने पहिलाे दलित, जातिय बिभेद बिरुद्ध मुद्धा दर्ता गर्ने ब्यक्ती

जुम्ला सम्बाददाता असार २५

जुम्ला जिल्लाकाे सिंजा गाउँपालिका -६ का वडा अध्यक्ष कालिबहादुर बुढा र उनका छाेरा नविन बुढाले बिबेन्द्र नेपालीलाइ गरेकाे जातीय विभेद बिरुद्धकाे जाहेरी दुइ दिनकाे लामाे दबाव पश्चात आाज जिल्ला प्रहरी कार्यलय जुम्लामा दर्ता भएकाे छ।

विज्ञापन

जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईंले जातीय विभेदका घटनामा राज्यले शुन्य सहनशीलतामा काम गर्ने र जातीय विभेद, छुवाछूत लगयातका घटनामा राज्यले शुन्य सहनशीलता अपनाउनु पर्छ प्रहरीले गम्भीरतापूर्वक लिएर पीडितकाे उजुरी दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडि बढाउन आादेश दिए पनि जुम्लाका डिएसपी भने मुद्दा दर्ता पछि अनुसन्धान प्रक्रिया झन्झटिलो हुने भएकाले सबै बुझ्नुपर्ने भन्दै टारेका थिए।

जिल्ला प्रहरी कार्यलय जुम्लामा जाहेरी दर्ता गर्दै बिबेन्द्र

तर दलित अगुवाकाे लामाे प्रयास तथा दबाव पछि दुई दिनसम्म पनि बहाना बनाएर मुद्दा दर्ता गर्नबाट उम्कन खाेजेकाे प्रहरीले आज बिबेन्द्र नेपाली माथी भएकाे जातिय बिभेद विरुद्ध काे जाहेरी जिल्ला प्रहरी कार्यालयमा जुम्लामा ८४ नं मा दर्ता गरेकाे छ।

पिडित बिबेन्द्र नेपालीले आफुविरुद्ध जातिय बिभेद गर्ने पिडक वडा अध्यक्ष कालि बहादुर बुढा र उनका छाेरा नविन बुढालाइ जातीय छुवाछुत छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ काे दफा ४ काे उपदफा १ र २ अनुरुप कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति हुने ब्यबस्था अनुरुप साजाय पाउ भनि उनले जाहेरी दर्ता गरेका छन ।

विभिन्न बहाना बनाएर पीडितलाई गलाउन खाेजिएकाे छ र मुद्दा प्रक्रियालाई झन्झटिलो बनाएर निरुत्साहित बनाउने खेल हिजाेदखि नै खेलिएकाे र अब त्यस्ताे शंका नगर्न यदि अनुसन्धानमा ढिलासुस्ती भए खबरदारीकाे जति बेला पनि आवश्यक पर्ने दलित अगुवा भरत नेपाली ले बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता