नेपाल दलित मुक्तिमाेर्चा हुम्लाकाे प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल दलित मुक्तिमाेर्चा हुम्लाकाे प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

भाद्र ८ हुम्ला

नेपाल दलित मुक्तिमाेर्चा जिल्ला समन्वय समिती हुम्लाकाे प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम हुम्लामा समपन्न भएकाे छ।

विज्ञापन

नेपाल कम्युनिष्टपार्टी माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमाेर्चा जिल्ला समन्वय समिती हुम्लाकाे आयाेजनामा प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम समपन्न भएकाे छ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य रनसिङ परियारकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा बिशिष्ट अतिथी पार्टीकाे केन्द्रिय सदस्य तथा माेर्चाकाे प्रदेश संयाेजक पार्वती बिककाे बिशेष उपस्थिती रहेकाे कार्यक्रमकाे अध्यक्षता माेर्चाका जिल्ला संयाेजक माेहन परियारले गरेकाे कार्यक्रमकाे सञ्चालन नयनसिङ नेपालीले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी परियारले नेपालमा दलित आन्दाेलनले राज्यसत्तामा सर्वहारा श्रमजिवी जन्ता तथा उत्पिडित समुदायकाे अधिकार दस्ताबेज गर्न सकेकाे तथा संस्थागत गर्न नसकेकाले यसका लागि कर्णालीमा दलित समुदायकाे मुक्तीका खातिर जनयुद्धले संस्थागत गरेका संस्कार संस्कृति पार्टीका नेता कार्यकर्ताले पनि उल्लनघन गर्ने तथा दलित र गैरदलितकाे पुनः पानी बाराबारकाे स्थिती सृजना गर्ने प्रयास हुने गरेकाले यसका बिरुद्ध संबिधानले दिएकाे अधिकारलाइ कार्यन्वयन गर्न थप आन्दाेलनकाे आबश्यक परेकाे बताए ।

उनले भने हुम्लामा हुने जातिय भेदभाव तथा छुवाछुत कसुरका घटनाले सरकार र सराेकारवाला सम्म पुग्न नसेकाले जातिय भेदभावकाे सिकार बन्ने दलित समुदायका लागि जिल्लामा दलित हेल्पडेस्क निर्माण गरी मार्चाले यसकाे बारेमा खबरदारी गर्न आबश्यक भएकाे बताए।

कार्यक्रमका विशिष्ट अतिथि बिकले कर्णालीमा रहेका दलित समुदायका संस्कार संस्कृति तथा पेशा व्यवसायलाई आधुनिकीकरण गर्न मुख्य मन्त्री दलित आय आर्जन कार्यक्रम मा‌ओबादी सरकार भएकै समयमा आएता पनि कार्यान्वयनमा केही समस्या आएकाेले यस विषयमा माेर्चाकाे गम्भीर ध्याणार्षण भएकाे बताइन।

उनले भनिन कर्णालीमा भएकाे दलित समुदायकाे जनसंख्याले अब राज्य सत्ता र पार्टी नेतृत्वमा समाबेशी हैन कार्यकारी नेतृत्व दाबि गरेकाले यसका लागि आगामि मंसिर ४ गते हुने निर्वाचनमा पार्टीमा ध्याणर्षण गर्ने बताइन।

अहिले पात्रका विषयमा हैन जातका विषयमा लडाइ हुने भएकोले यसमा सबै जिल्लाबाट पार्टी नेतृत्वमा खबरदारी गर्न निर्देशन गरेकी छिन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता