प्राविधिक सहितको टोली लिएर राउटे बस्तीमा पुगिन मन्त्री झाँक्री
पुष २३ सल्यान
प्राविधिक सहितको टोली लिएर मन्त्री राम कुमारी झाँक्री राउटे बस्तीमा पुगेकी छिन।
फिरेन्ते जीवन घुम्न मन पराउने राउटे समुदाएको ब्यबस्थापनमा मन्त्री झाँक्रीले चासोका साथ राउटे बस्तीमा पुगेकी हुन।
नेकपा एकीकृत समाजवादीका उप–महासचिव प्रकाश ज्वालाको सहित मन्त्री झाँक्री राउटे बस्तीमा पुगेकी हुन।
लोपोन्मुख राउटे समुदायको घर निर्माण तथा शिक्षा र स्वास्थ्यको प्रत्याभूति दिलाउन मन्त्री रामकुमारी सहितको टोली राउटे बस्तीमा पुगेको हो।
सुर्खेत सिम्ता गाउँपालिका-४ कालिखोला पटौकामा भेरी नदिको किनारमा बस्दै आएका राउटेहरु अहिले भेरीको चिसो सँग सामना गरिरहेका छन् ।
चिसोले राउटेहरु बिरामी समेत पर्न गएका छन। राउटे बस्तीमा पुगेर मन्त्री रामकुमारीले ३ वटा प्रस्ताव गरेकी छन् । बास, शिक्षा र स्वास्थ्यकाे व्यवस्थापन गर्ने । तर राउटेहरुले भने पहिलो प्रस्ताव वास व्यवस्थापन गरिदिन माग गरेका छन् ।
जसकारण शहरी विकास मन्त्री रामकुमारीले उनीहरुको लागि काठको फोल्डिङ वाला घर निर्माण कार्य गरिदिने बताइन् ।
क्रमश बालबालिकाको पठन पाठनको लागि शिक्षा र स्वास्थ्य सुविधाको समेत व्यवस्थापन गर्ने जनाएकी छिन् ।
राउटे समुदायका बालबालिकालाई शिक्षा समेत प्रदान गरिने भएको छ । उनीहरुको लागि घर भने तत्काल सुरु गरिने भएको छ । अत्यधिक चिसो बढेकोले ६५ वटा ब्लाङकेट हस्तान्तरण गरिएको छ ।
राउटे समुदायकी सम्झना शाही र गाजलुसँग मन्त्री झाँक्रीले मितेरी समेत लागाएकी छिन् ।राउटे समुदायले उपहार स्वरुप निर्माण गरेका काठका उपहार प्रदान गरेका छन ।
राउटेहरुको व्यवस्थापन अब राज्यले लिने र त्यसको लागि उनीहरुलाई शारीरिक तथा मानसिक रुपले जनचेतना बढाउने तर्फ सरकार लाग्ने मन्त्रीले बताइन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा