विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

 

बुटवल – लायन्स क्लव अफ भृकुटी टाउन मनकामना र रोटरी क्लव अफ क्यापिटल बुटवलको संयुक्त आयोजनामा श्री जनज्योति आधारभूत स्कुलमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगर पालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले बालबालिकाहरुको चौतर्फी विकासका लागि स्वयम विद्यार्थी, बिद्यालय परिवार र अभिभावक सबैले पहल गर्नुपर्ने बताईन । पछिल्लो समय सरकाले लगानी गरे अनुशार सरकारी विद्यालयको प्रगतिमा परिणाम नआएको बताउदै सरकारी बिद्यालयको शैक्षिक गुणस्तरमा विकास गर्नका लागि शिक्षा संग सम्बन्धित सबै निकायले पहल गर्नुपर्नेमा जोड दिदै शैक्षिक गुणस्तरका लागि पालीकाले सक्दो सहयोग गर्ने बताईन ।

लायन्स क्लव अफ भृकुटी टाउन मनकामनाका अध्यक्ष लता खड्काले बालबालिकाहरु भविष्यका कर्णधार भएकाले उनीहरुलाई प्रोत्साहान र उत्प्रेरित गर्दै उक्त क्षेत्रका बालबालिकाहरु लाई पोशाक वितरण गरेको बताईन ।
विशिष्ट अतिथी रोटरी क्लव ३२९२ डिस्टिक सर्विस प्रोजेक्ट कमिटी चेयर पर्सन रोटरियन एजाज आलमले विभिन्न क्षेत्रमा काम गर्दै आएको रोटरिले शिक्षा क्षेत्रमा पनि काम गर्दै आएकोमा यसलाई प्रभावकारी बनाउनको लागि अझ जोड दिनु पर्ने कुरा बताए ।

त्यसैगरी विशिष्ट अतिथि लायन्स क्लवअफ भृकुटी टाउन मनकामनाका रिजनल चियर पर्सन एम. जे.अफलायन कल्पना सिवाकोटिले यसरी बुटवलकै निम्न स्तरका बालबालिकाहरु रहेका विद्यालयमा यस्ता कार्यक्रम गर्दै विद्यालय , अभिभावक तथा विद्यार्थीहरुलाई थप हौसला मिल्ने कुरामा जोड दिईन ।
विद्यालयका प्र.अ. विजु कार्कीले क्लवका यस्ता सामाजिक कार्यले विद्यालय परिवारलाई थप हौसला मिल्ने कुरालाई जोड दिदै आगामी दिनमा विद्यालयको गुणस्तरमा अझ बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती कुँवरले स्थानीय सरकारको चासो बढाउन आग्रह गरिन् ।कार्यक्रममा लायन्स मनकामनाकी कोषाध्यक्ष लायन ईश्वरी पन्थ बस्याल र रोटरी क्लव अफ क्यापिटल बुटवलका तर्फबाट नोमिनी प्रेसिडेन्ट रोटरियन विश्व दिपक नेपाल, रोटरियन ,तेजेन्द्र सापकोटा, रोटरियन अमित अधिकारी , रोटरियन तोलाकान्त भण्डारी लगाएतकोे उपस्थित रहेको थियो ।

रोटरी क्लव अफ क्यापिटल बुटवलका अध्यक्ष रोटरियन असोक कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको लायन्स क्लव अफ मनकामनाका सचिब सिमा घिमिरेले सञ्चालन गर्नुभएको थियो ।