श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

 

नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट एक जना मात्र सुशीला श्रीपाली ठकुरी मन्त्री बनेकी छन् । नेकपा माओवादी केन्द्रले राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको मन्त्रीमा माओवादीकै सुदन किराँती छन् ।

विज्ञापन

माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट सांसद बनेकी श्रीपाली कम्युनिस्ट आन्दोलनमा २०४६ देखिनै लागेकी थिइन् ।राजनीतिका लागि उनको पहिलो संगठन अखिल भारत नेपाली एकता समाज थियो । पार्टी संगठन निर्माणका क्रममा भारतका सबैजसो राज्यमा पुगेको श्रीपाली स्मरण गर्छिन् । सन् १९९५ मा अखिल भारत नेपाली महिला समाजको केन्द्रीय अध्यक्ष बनिन् ।
२०५४ साल भदौमा उनी नेपाल फर्किन् । स्वदेश फर्के लगत्तै उनी माओवादी सशस्त्र युद्धमा सहभागी भइन् । जनयुद्धकै क्रममा २०५५ सालमा श्रीपालीले जनवादी विवाह गरेकी थिइन् ।

२०६४ सालमा पहिलोपटक माओवादी चुनावमा प्रवेश गर्ने बेला अवध राज्य समिति अन्तर्गतको कमिटी सदस्य बनिन् । माओवादीको हेटौंडा राष्ट्रिय सम्मेलनबाट उनी पार्टी केन्द्रीय सदस्य बनिन् ।माओवादीको केन्द्रीय सदस्य समेत रहेकी श्रीपाली २०६८ मा दलित आयोगको अध्यक्ष बनेकी थिइन् । २०३० मा जन्मेकी श्रीपालीको स्थायी ठेगाना अर्घाखाँचीको सन्धिखर्क वडा नम्बर १० हो । यसअघि पार्टीले उनलाई कुनै पनि तहमा उम्मेदवार बनाएको थिएन ।