राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु
मंसिर १८ बाँके
बाँकेको राप्ती नदीमा डुबेर एक बालिका सहित २ जनाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरुको शव आइतबार बिहान ९ बजेपछि फेला परेको जानकारी दिए ।
उनीहरु नुहाउन गएको र त्यही क्रममा डुबेको प्रहरीले जानकारी दिएको छ । दुवै शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंजमा ल्याउन थालिएको प्रहरीले जानकारी दिएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा