सल्यानमा बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा  एक जना प्रकाउ   

सल्यानमा बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा एक जना प्रकाउ   

भदाै १२ सल्यान

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सल्यानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विज्ञापन

पक्राउ पर्नेमा कालीमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी रहेका छन् । 

विवाह गर्ने प्रलोभनमा पारेर १९ वर्षीय गिरी र सोही ठाउँका २० वर्षीय मेघराज थापाले लक्ष्मीपुर स्थित त्रिभुवन जनता माध्यामिक विद्यालयमा बोलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 भदौ ८ गते राती १० बजेको समयमा थापाले मैले विवाह गर्छु भनी ललाई फकाई विद्यालयमा लगी दुई जनाले जबरजस्ती करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छन ।

भदौ ९ गते दिनभर जङ्गलमा राखी अब घर जाने भनी बालिकालाई जङ्गलमा नै छोडी फरार भएका थिए । 

जाहेरी परेपछि पक्राउ परेका फरार गिरीलाई सल्यान अदालतबाट पहिलो पटक ८ दिनको म्याद थप गरी अनुसन्धान थालिएको र अर्का फरार थापाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता