छत्रेश्वरी गाउँपालिकाकाे निती तथा कार्यक्रम असार ९ गते  सार्वजनिक हुने

छत्रेश्वरी गाउँपालिकाकाे निती तथा कार्यक्रम असार ९ गते सार्वजनिक हुने

सल्यान असार ८

छत्रेश्वरी गाउपालिकाकाे निती तथा कार्यक्रम असार ९ गते सार्वजनिक हुने भएकाे छ।

विज्ञापन

छत्रेस्वरी गाउँ कार्यपालिकाको तेस्रो सम्पन्न बैठक आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम असार ९ गते सार्वजनिक हुने गाउपालिकाका प्रबक्ता फौद बहादुर बस्नेतले जानकारी दिए।

तस्राे कार्यपालिकाकाे बैठकमा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथाेकीले प्रस्तुत हुने निती तथा कार्यक्रमका बारेमा समृद्ध छत्रेश्वरी निर्माणका कार्यक्रमबारे कार्यपालिका सबै सदस्यहरु स‌ग सुझाव सहित याेजना र बजेटकाे खाका तयारकाे लागी छलफल गरेकाे प्रबक्ता बस्नेतले जानकारी दिए।

कार्यपालिका बैठकमा उपाध्यक्ष बुद्धा कुमारी खत्री प्रमुख प्रशासकिय अधिकृत प्रदिप खनालकाे बिशेष उपस्थिती रहेकाे थियाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता