विभेदमुक्त नगर, सुत्केरीलाई पोषण भत्ता देखि खारेज भएका स्कुल पुर्नस्थापना गर्ने सैनामैनामा गठबन्धनको प्रतिबद्धता

विभेदमुक्त नगर, सुत्केरीलाई पोषण भत्ता देखि खारेज भएका स्कुल पुर्नस्थापना गर्ने सैनामैनामा गठबन्धनको प्रतिबद्धता

१८ बैशाख २०७९

अम्बिका परियार

विज्ञापन

सैनामैना — बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि राजनैतिक दल तथा स्वतन्त्र उम्मेद्धारहरुले चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।यसैक्रममा गठबन्धनको तर्फबाट सैनामैनाका विभिन्न वडामा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्माले छात्राहरुका लागि गुणस्तरीय सेनेटरी प्याड उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै सैनामैनाका गरिव, विपन्नहरु जसले धारा जडान गर्न सकेको छैन तिनलाई धारा जोडन सहयोग गर्ने तथा सुत्केरीलाई ५ हजार पोषण भत्ता उपलब्ध गराई आमा शुरक्षा तथा शिशु स्याहार कार्यक्रमलाई जोडदार लागु गरि लैङ्गिक मैत्री नगर बनाउने प्रतिवद्धता गर्नुभयो ।

सैनामैनामा गठबन्धनले जिते पहिलेका जनप्रतिनिधिले खारेज गरेका सरकारी स्कुललाई एक महिनाभित्रै पुनस्र्थापना गर्ने भन्दै सामुदायिक बिद्यालयको विकासमा ध्यान दिदै बिद्यार्थी भर्नादर बढाउने तथा बिद्यार्थी टिकाई राख्न विभिन्न खालका प्याकेजमा कार्यक्रम ल्याउने दावी गर्नु भयो । उहांले स्थानिय स्रोत र साधनको प्रयोग गरि युवाहरुलाई स्वरोजगार बनाउन तालिमका साथै लगानी गर्न अनुदान तथा ऋिणको व्यबस्था गरिने समेत बताउनुभयो । वाताबरणमैत्री सुन्दर सहर र छुवाछुतमुक्त नगर बनाउन बनेका कानुनको बलियो कार्यान्वयन गरि देशकै नमुना पालीका बनाउने बताउनु भयो ।केपी ओलीले नेतृत्व गरेको सरकारको समयमा कोरोनाबाट धेरै जनताले मृत्युबरण गर्न बाध्य भएको बताउँदै नगर प्रमुखका उमेदवार शर्माले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वमा सरकार बनेपछि सवै नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाएको बताउँदै मानवीय क्षतिमा कम आएको दावी गर्नुभयो ।

।गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार मानवहादुर महत (नारायण) ले सैनामैनाको उपप्रमुखमा निर्वाचित भए आफूले पाउने सवै तलव सुविधा सामाजिक सेवामा अर्थात असाह्य बालवालिका तथा अभावमा रहेका वृद्धहरुको राहातमा लगाउने बताउनु भयो । विपन्न र अशक्तलाई निशुल्क स्वास्थ्य सेवा, वृद्धभत्ता,अपाङ्ग तथा सुत्केरीभत्ता घरमै गएर उपलब्ध गराउने, आधुनिक कृषि प्रणाली मार्फत कृषिको व्यवसायीकरण,दुधजन्य, माछा, मासु र तरकारीमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने तथा उत्पादन भएका सामग्रीको बजारीकरणको व्यबस्था गरिदिने , सुकुम्बासी समस्या समाधानमा पहल गर्ने साथै बालमैत्री र बालविवाहमुक्त नगर बनाउन विभिन्न अभियान सञ्चालन गर्नुका साथै खानेपानी र सडक जस्ता विकासका पूर्वाधार तयार गरि भ्रष्टाचारमुक्त र सुशासनयुक्त पालीका बनाउनका लागि आफुहरुले पहल गर्ने बताउनु भयो । हरेक किसिमका विभेद न्युनिकरण गरि विभेदमुक्त नगर निमार्णको लागि सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सवै नेपालीको सहभागिता र संघर्षबाट राणा,पञ्चायती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भए जस्तै अव केपी ओलीको अतिबाद सधैका लागि समाप्त गर्न मतदातालाई गठबन्धनलाई भोट दिएर जिताउन आग्रह समेत गर्नु भयो ।