तिनाउ २ को वडा अध्यक्षमा उम्मेद्वारी दिएका माओवादी केन्द्रका दिनेश घर्ति (क्षेत्री) को हुन ?

तिनाउ २ को वडा अध्यक्षमा उम्मेद्वारी दिएका माओवादी केन्द्रका दिनेश घर्ति (क्षेत्री) को हुन ?

१७ बैशाख २०७९

अम्बिका परियार

विज्ञापन

तिनाउं गाउपालिका वडा न. २ मा नेकपा माओवादी केन्द्रका दिनेश घर्ति (क्षेत्री) वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन । तिनाउं गाउपालिकामा गठबन्धनको तर्फबाट वडा न. २ मा उम्मेदवारी दर्ता गरि चुनावी मैदानमा उत्रिएका छन् ।

को हुन दिनेश घर्ति (क्षेत्री) ?

सामान्य, सरल तर हक्की स्वभावका दिनेश घर्ति (क्षेत्री) तिनाउं गाउपालिका वडा न. २ का अध्यक्षको दावेदार छन । वि.सं २०४४–१२–१४ गते बुबा भोज बहादुर घर्ति (क्षेत्री) र आमा रिमा कुमारी घर्ति (क्षेत्री) कोखबाट ८ सन्तान मध्ये कान्छो सन्तानका रुपमा साविकको दोभान — ७ बगाहामा भएको हो ।

उनले औपचारिक शिक्षाको सुरुवात २०४९ सालमा भएको हो । श्री थानीडाडां नि.मा.वि बाट प्राथमिक शिक्षा , श्री दोभान माध्यमिक विधालयबाट माध्यमिक तह र पाल्पा बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरेका हुन् ।सानैबाट बिद्रोही स्वभाबका उनि समाजमा हुने जातिय छुवाछुतको खुलेरै बिरोध गरेका कारण धेरै पटक अभिभाकको बहिस्कारमा परेको उनि बताउछन् । अध्ययनकै सिलसिलामा उनि माओवादी निकट अखिल क्रान्तिकारीमा आवद्ध भएर संगठन निमार्ण संगै पार्टीको काम गरेका उनलाई गाउं गाउंमा माओवादी सशस्त्र द्धन्द चर्किएसंगै फलस्वरुप उनि पनि त्यो यात्राबाट अछुतो रहन सकेनन् र गाउं मा बस्ने बातावरण नै नमिले पछि २०५९ सालबाट पुर्णकालीन माओवादी कार्यकता अर्थात भुमिगत भएका थिए ।

तिक्ष्ण बुद्धि भएका दिनेश कलम समाउने हातले बन्दुक समाई समाजमा आमुल परिवर्तन गर्छु भनेर द्धन्दमा होमिए संगै राजनीतिक यात्राले फड्को मा¥यो ।समाजसेवा र राजनीतिमा रुचि राख्ने भएकाले पनि नयां,पुराना तथा दर्शनका विभिन्न पुस्तकहरु पढेर आफु भन्दा उमेरमा परिपक्क व्यक्तिहरुसंग तार्किक बहस गर्ने व्यक्ति हुन् ।
सानैबाट गाएन क्षेत्रमा रुचि भएका कारण उनि माओवादी निकट सांस्कृतिक मोर्चामा आबद्ध भएर काम गर्न शुरु गरे । २०५९ सालमा श्रीनगर सांस्कृतिक परिवार पाल्पाको साधारण सदस्य भएर काम गर्न शुरु गरेका उनले २०६४ साल सम्म आईपुग्दा सांस्कृतिक मोर्चाको अध्यक्ष भई ४० जनाको टिमको नेतृत्व समेत गरेका थिए । त्यसै बिचमा उनले प्रतिरोध सांस्कृतिक परिवार मगरात राज्य र पश्चिम केन्द्रिय सामाना सांस्कृतिक परिवारमा रहेर विभिन्न जनवादी गितमा आफनो आवाज समेत दिएका थिए । पार्टी शान्ति प्रक्रियामा आईसके पछि उनि गाउं ,इलाका ,क्षेत्र हुदै जिल्ला सदस्य तथा मा. तुलाराम घर्तिको सचिवालयको ३ वर्ष पुरै जिम्मेवारीमा रहेर काम गरेका उनि अहिले नेकपा(माओवादी केन्द्र) पाल्पाको तिनाउं गाउपालिकाको उपाध्यक्ष हुन् । नेपालको विभिन्न आन्दोलनहरु र परिवर्तनहरुमा अग्रपंक्तिमा रहेर सहभागिता जनाउने दिनेश राजनीतिमा निष्ठाका साथ लागेकाले कहिल्यै गलत नेतृत्वको पक्षपोषण समेत नगर्ने युवा नेतामा पर्छन ।

राजनैतिक पार्टी, संगठनमा मात्रै नभएर सामाजिक सघंसस्थाहरुमा समेत निकै सक्रिय छन् । सामुदायिक बन समन्वय समिती तिनाउंका सहसचिब ,ढापखोला सामुदायिक बन उपभोक्ता समुहको सल्लाहाकार ,स्थानिय विभिन्न युवा क्लबहरुको सल्लाहाकार पदको जिम्मेवारी वहन गर्दै विभिन्न विकास निर्माणका कार्यहरु समितिहरुमा रहेर काम गरेका छन् ।गरिब, मजदुर, अनाथहरुलाई विशेष सहयोग, कोभिड १९ नियन्त्रणको क्रममा पाल्पा बुटवलका दुई जिल्लामा समन्वय गरि सिमा नाकामा अलपत्र परेका जिल्ला तथा आफनो पालीका बासीको व्यवस्थापन तथा प्राथमिक उपचारको लागि आर्थिक सहयोग पनि गरेका थिए ।कोभिड महामारीमा राहत संकलन तथा वितरण, पिडित परिवार र जोखिममा परेकाहरुलाई विशेष सहयोग गरेका थिए भने गाउं पर्ने हरेका समस्यालाई आफनै सम्झी समस्या समाधानका लागि केन्द्रित रहने दिनेशका एक श्रीमती र एक छोरा छन् ।

समाजमा निकै छिटो भिज्न सक्ने आफनो भन्दा समाजको ध्यान दिने क्षेत्री यति बेला भने तिनाउं गाउपालीका वडा नं.२ बाट अध्यक्ष पदमा उम्मेद्धारी दिएका छन् । उनले ‘तिनाउं गाउपालीका वडा नं.२ लाई बिकासका पुर्वाधारले सुविधा सम्पन्न ,बातावरण र मानव मैत्री बनाउने दृढ सकल्प सहित चुनावी मैदानमा होमिएको बताए ।’