नेपाल परिवार दल कोअध्यक्षमा रावल निर्वाचित

नेपाल परिवार दल कोअध्यक्षमा रावल निर्वाचित

पुष ८ कञ्चनपुर

नेपाल परिवारदलको बेलडाँडी गाउपालिकाको अध्यक्षमा विर बहादुर रावल निर्वाचित भएका छन।

विज्ञापन

परिवार दलको प्रथम भेला बाट रावल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन।

नेपाल परिवार दलको प्रथम ऐतिहासिक भेलाबाट ४१ सदस्यिय गाउ समिती निर्वाचित गरेको भेलाबाट उपाध्यक्षमा  इस्वरी उखेडा,  राजमति राना सचिव हिक्मत राना  सह- सचिव सुरेश उखेडा कोषाध्यक्ष निरज कठायत निर्वाचित भएका छन।

प्रमुख अतिथी तथा नेपाल परिवार दल सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरीले सम्मेललाइ सम्बोधन गर्दै यो देशमा साना दल तथा राजनैतिक पार्टीका नेता कार्यकर्तालाइ ठुला दल तथा स्थानिय सरोकारवालाले राजनैतिक दलको हैसियत सम्म दिन नसकेको समयमा परिवार दल नागरिकका  जनजीवीका का सवालमा सधै अगाडी रहको र  सरकारले नागरिकलाइ बेवास्ता गरेको तथा भोट बैक बनाएर कजाएकोमा गुनासो गरेका थिए।

परिवार दलका नेता कार्यकर्ताले जन्ताका जनजिवीका सवालमा सधै जन्तामाझ रहनु पर्ने बताए।

भेलामा बिशिस्ट अथिति केन्द्रीय सदस्य शंकर राज ढकाल कंचनपुरका युवा नेता प्रेम परियार पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरू पिस फोर्सका कैलाली जिल्ला उपाध्यक्ष रितिक आचार्यको उपस्थित रहेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता