दलित सेवा संघ द्धारा सञ्चालित लाईसेक परियोजना चरण २ को अनुगमन कार्यक्रम सम्पन्न

दलित सेवा संघ द्धारा सञ्चालित लाईसेक परियोजना चरण २ को अनुगमन कार्यक्रम सम्पन्न

दाङ २०७८ कार्तिक ४

दलित सेवा संघ द्धारा सञ्चालित बिभेदमा पारिएका समुदायको जीवीको पार्जन सुधार परियोजना चरण २ को अणुगमन कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन

दलित सेवा संघ द्धारा सञ्चालित बिभेदमा पारिएका समुदायको जीवीको पार्जन सुधार परियोजना चरण २ को अणुगमन बिकास कोष नर्वेको नेपाल कार्यक्रम संयोजक Siv Helen stromland ले अनुगमन गरेकी हुन।

सन २०१७ देखि २०२० सम्म  विभेदमा पारिएका समुदायको जीवीको पार्जन सुधार परियोजना सञ्चालन गरेको संस्थाले  सन २०२१ देखि २०२५ सम्म सञ्चालनमा रहने परियोजना चरण २ को अनुगमनमा विकास कोष नर्वे नेपाल प्रतिनिधी योगी कायस्थ बबइ गाउयपालिका उपाध्यक्ष सावित्रा विश्वकर्म दलित सेवा संघका कार्यकारी निर्देशक टंक बहादुर बिश्वकर्म सहकर्मी समाजका कार्यकारी निर्देशक अमर बहादुर ऐर को सहभागीता रहेको थियो।

दलित सेवा संघले सञ्चालन गरेको लाइसेक परियोजना चरण २ को दाङ र सल्यान जिल्लाको  १ उपमहानगरपालिका २ नगरपालिका र २ पालिका गरी ५ वटा स्थानिय तहका १५ वडामा परियोजना  सञ्चालनमा रहेको छ।

परियोजनाले दाङ जिल्लामा सञ्चालन गरेका क्रियाकलाप अन्तर्गत बबइ गाउपालिकामा दलित महिला बहुउद्देशिय कृषि सहकारी संस्था द्धरा सञ्चालित डेरी पसल, अटो मर्मत तालिम, अर्धब्यबायिक तरकारी खेती, सिलाइकटाइ को अनुगमन गरिएको छ।

अनुगमण कार्यक्रममा दलित महिला बहुउद्देशिय कृषि सहकारी संस्थाका पदाधिकारीहरुले अनुगमन टोलीलाइ फुलमाला सहित स्वागत गरेका थिए।

संस्थाद्धारा अनुगमनको क्रममा दलित महिला द्धारा सञ्चालित डेरी पसलको प्रगती विवरण प्रस्तुत गरिएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता