सल्यानमा निषेधाज्ञा अर्काे आदेश नभए सम्म निरन्तरता

सल्यानमा निषेधाज्ञा अर्काे आदेश नभए सम्म निरन्तरता

१३ श्रावन २०८७ सल्यान

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिएमसि)काे आज बसेकाे बैठकले अर्को आदेश नभएसम्मको लागि सल्यानमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेकाे छ।

विज्ञापन

जिल्ला प्रशासन कार्यालय सल्यानमा आज बसेकाे (डिसिएमसि) बैठकले श्रावन १४ गते दिउसाे बाट फेरी अर्को आदेश जारी नभए सम्मकाे लागि निषेधाज्ञा जारी भएको जनाएको छ।

घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गर्नु भन्दै निषेधाज्ञा निरन्तरता दिएकाे प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले हस्ताक्षर गरेको आदेशमा जानकारी दिएकाे छ यदि आदेशकाे पालनानगरे कार्वाहि गरिने पनि आदेशमा उल्लेख गरिएकाे छ। 
आदेशमा औषधी पसल २४ सै घण्टा खुलेपनि अन्य बस्तु तथा सेवा खरिद विक्रि गर्ने व्यवसाय विहान ५ बजेदेखि राती ८ बजेसम्म खुल्ने भएका छन ।

विद्यालयमा पठन पाठन कार्य नभएपनि विभिन्न परिक्षाहरु सञ्चालन भएकाले भएकाले स्वास्थ्य मापदन्डको पालना गरेर संचालन हुनेछन । 
भिडमा हुने कार्यक्रम र पुजापाठ गर्न पाइनेछैन भने तोकिएको भाडादर तथा सिट क्षमतामा मात्रै सवारी साधन चलाउन पाइनेछ ।

सरकारी कार्याालय, बैक, निर्माण सम्बन्धी काम गर्ने व्यक्तिले पनि स्वास्थ्य मापदन्डको पालना गरेर निरन्तर सेवा दिनेछन । 

जिल्ला प्रशासन कार्यालय सल्यानबाट जारी आदेशकाे पुर्ण पाठ

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता