दलित सेवा संघ सल्यानद्धारा ३० घरधुरी दलित समुदायलाइ फलफुलका विरुवा सहयाेग

दलित सेवा संघ सल्यानद्धारा ३० घरधुरी दलित समुदायलाइ फलफुलका विरुवा सहयाेग

श्रावन १९ सल्यान

दलित सेवा संघ सल्यानद्धारा सल्यानका ३० घर धुरी दलित समुदायलाइ बिभिन्न प्रजातिका फलफुलका विरुवा सहयाेग गरिएकाे छ।

विज्ञापन

जिल्लाकाे बनगाड कुपिन्डे नगरपालिका शारदा नगरपालिका र कालीमाटी गाउँपालिकाका ३० घर दलित समुदायलाइ दलित सेवा संघ सल्यानकाे आयाेजना बिकास काेष नर्वेकाे आर्थिक सहयाेगमा सञ्चालित बिभेदमा पारिएका समुदायकाे जीवीकाे पार्जन सुधार परियाेजना लाइसेक दाेस्राे फेज अन्तर्गत सञ्चालित जैबिक बिबिधताकाे लागी एक्कीकृत घर बगैचा सुधार कार्यक्रम अन्तरगत बिभिन्न प्रजातिका विरुवा सहयाेग गरिएकाे हाे।

दलित समुदायकाे पाेषण तथा स्वास्थ्य सुरक्षा गर्न खेर गएकाे जमिन सदुपयाेग गरी पाैष्टिक युक्त विरुवा तथा फलफुलकाे उत्पादनबाट स्वास्थ तथा पाेषण सुधारका लागी दलित समुदायलाइ बिभिन्न प्रजातीका बिरुवा बितरण गरेकाे दलित सेवा संघ सल्यानले जनाएकाे छ।

फलफुलका हस्तारण कार्यक्रममा कालीमाटी गाउपालिका वडा नं ३ का बडा अध्यक्ष बिर बहादुर वली बनगाड कुपिन्डे नगपालिका वडा नं ९ का सदस्य चवल सिहँ बिककाे उपस्थिती रहेका थियाे।

समुहका सदस्यहरुलाइ कागती आँप अनार लिची रुखकटहर अंगुर केरा एबाेकाडाे ड्राइगन भुइकटहर भुइस्याउ माैरी ओखर जातका बिरुवा तथा माैरी बितरण गर्दै वडा अध्यक्ष बिर बहादुर वलीले कालीमाटी गाउपालिकामा संघ संस्था धेरै आए तर दलित सेवा संघ अरु संस्था भन्दा फरक भएकाे र समुहमा गरिव दलित तथा दलित महिला लाइ घर बगैचा कार्यक्रम कबुलियती तरकारी खेती कार्यक्रम यस वडामा लागु गरेकाले समुहका सदस्यहरु उत्पादन र वजार संघ जाेडिएकाले समुहमा हुने लागतका समस्या भए समस्या सामाधान गर्न वडाकार्यलय तथा स्थानिय सरकार तयार भएकाे बताए।

उनले भने सबै भन्दा मन परेकाे कार्यक्रम घर बगैचा कार्यक्रम भएकाे र यस कार्यक्रमबाट दलित समुदायकाे स्वास्थ तथा पाेषणमा सुरक्षा गर्न खेर गएकाे जग्गाले सहयाेग गरेकाले प्राप्त गरेका बिरुवाकाे महत्व बुझी सबै बिरुवाकाे संरक्षण तथा सम्बर्धन गरी उत्पादन बाट लाभ लिन आग्रह गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता