महासचिव विश्वकर्मा नेपाली काँग्रेस सुर्खेतबाट समानुपातिक उम्मेदवारमा सिफारिस

महासचिव विश्वकर्मा नेपाली काँग्रेस सुर्खेतबाट समानुपातिक उम्मेदवारमा सिफारिस

भदाै २१ सुर्खेत

दलित सेवा संघका केन्द्रिय महासचिव सञ्जुसिहँ विश्वकर्मा नेपाली काँग्रेस सुर्खेत प्रदेश सभा २ (क)बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन।

विज्ञापन

नेपाली काँग्रेस सुर्खेतकाे हिजाे बसेकाे बैठकले महासचिव विश्वकर्मा लाई प्रदेश सभा २ (क) बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेकाे हाे।

२०४६ साल देखि निरन्तर रुपमा राजनितीमा लागेका विश्वकर्मा नेपाली काँग्रेसकाे कृयाशिल सदस्य हुदै लामाे समय सम्म पार्टीकाे बिभिन्न संगठनमा नेतृत्व समालिसकेका छन।

नेपालमा रहेकाे जातिय उत्पिडन र त्यसबाट नेपाली राजनितीले गरेकाे प्रयाेगलाइ बिश्वकर्मा ले चिरफार गर्दै नेपाल दलित संघ सुर्खेतकाे संस्थापक हुदै १५ बर्ष सचिवकाे नेतृत्व समालेका थिए।

दलित समुदायका लागि संविधान बाट प्राप्त अधिकार त्यसका प्रावधानलाई संघ प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गर्न स्थानिय सरकार सञ्चालन ऐन भन्दा परकाे बिषय बस्तु बनाउन लागेकाले यसका लागि समानुपातिक समाबेशी व्यवस्थाकाे रक्षा गर्दै दलित समुदायकाे अवस्था बदल्न सरकार अभिभावक हुनेमा दाबि गर्दै काठमाडौंमा दलित नागरिक समाजकाे तर्फबाट ४६ दिन सम्म निरन्तर आन्दोलन गर्दा जेल जिवन बिताएका बिश्वकर्मा अहिले स्थानिय देखि राष्ट्रिय स्तरसम्म दलित नागरिक समुदायकाे नेतृत्व गर्दै आएका छन।

हाल बिश्वकर्मा दलित सेवा संघकाे केन्द्रिय महासचिव दलित गैरसहकारी संस्था महासंघकाे उप महासचिव तथा काेषाध्यक्ष हुदै ५सय भन्दा वढी संघ संस्थामा नेतृत्व गर्दै आएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता