संघियता कार्यान्वयन गर्न राजनीतिक दल र कर्मचारीतन्त्र बिच मसिनाे ढंगले छलफल भएन – नेता पुन

संघियता कार्यान्वयन गर्न राजनीतिक दल र कर्मचारीतन्त्र बिच मसिनाे ढंगले छलफल भएन – नेता पुन

बिक्रम परियार ०८ भदाै २०७९ रुकुम पूर्व ।

नेकपा माओवादि केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्रि गणेशमान पुनले संघियतालाई सहि ढंगले कार्यन्वयन राजनितिक दल र कर्मचारीतन्त्र बिच मसिनाे ढंगले छलफल हुन नसकेकाे बताएका छन।

विज्ञापन

आर्थिक बर्ष २०७८/०७९ काे जिल्ला स्तरिय वार्षिक समीक्षा तथा चालू आर्थिक वर्षकाे कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बाेल्दै नेता पुनले यस्तो बताएका हुन।

उनले जनप्रतिनिधि राजनीतिदल र कर्मचारीहरुलाई सम्बाेधन गर्दै अहिलेकाे संघियता र सुशासनलाई बलियो बनाउनका लागि स्थानीय अर्थतन्त्रकाे अभ्यास र ग्रामीण औधाेगिकरण गर्न सुझाएका थिए।

संघियता कार्यन्वयन भएको ५ बर्ष बित्याे खै त हामि राजनीति नेतृत्व र कर्मचारी क्षेत्रबाट जनतालाई नयाँपन के दिन सक्याै भन्दै यसकाे बिषयमा पनि समिक्षात्मक छलफल गर्नुपर्ने आवस्यकताबारे चर्चा गरेका छन ।

पुर्वमन्त्री पुनले यस्ता समीक्षा र याेजना सार्वजनिक कार्यक्रम औपचारिकतामा मात्रै सिमित नगरि वास्तविकता र प्रभावकारी बनाउन र अहिलेकाे समिक्षालाई मार्गदर्शन मानि नवप्रबर्द्वनात्मक काम गर्न सुझाएका हुन ।

यस्तै काम कर्मचारीहरुले प्रशासनिक क्षेत्रबाट इमानदारीतापूर्वक काम गर्दै जाने हाे भने आफ्नाे भविष्य सुनिश्चित गरि स्थापित हुनका लागि याे नयाँ जिल्ला रुकुमपूर्वले अवसर दिएको पनि बताए ।

स्थानीय सीप र क्षमतामा आधारित उत्पादन बजारिकरण गरि जिल्लाकाे प्राकृतिक श्राेत शाधनमा बिचाैलियाबाट हस्तक्षेप हुन नदिइ सेवा प्रवाहलाई जनमुखि बनाई राज्यलाई नै परिवर्तनकाे नयाँ सन्देश प्रवाह गर्नुपर्ने नेता पुनले बताएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता