विरुवा हुर्काउने प्रतिबद्धता सहित  बागचाैर नगरपािलका सल्यानले फलफुल जातका विरुवा वितरण

विरुवा हुर्काउने प्रतिबद्धता सहित बागचाैर नगरपािलका सल्यानले फलफुल जातका विरुवा वितरण

असार १८, सल्यान

सल्यानकाे बागचाैर नगरपालिकाले वडा नं.५ का ५सय किसानहरु लाई नगदेवाली फलफुल जातका विरुवा बितरण गरेकाे छ ।बागचौर नगरपालिकाको आयोजनामा व८ा न‌ ५ मा बिरुवा वितरण कार्यक्रम आयाेजना गरिएकाे हाे । आ.व.०७७/०७८ को बार्षिक कार्यक्रम अनुसार बागचौर नगरपालिका वडा नं.५ का ५०० किसानलाइ कागती र टिमुरका बिरुवा वितरण गरिएको छ ।

विज्ञापन

बिरुवा वितरण कार्यक्रममा बागचौर नगरपालिका वडा नं. ५ का का. वडाध्यक्ष विक्रम रावत, बागचौर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी., योजना शाखामा कार्यरत कर्मचारी डिल्ली घर्ती, ने.क.पा.माओवादी प्रदेश कमिटी सदस्य कृति बहादुर पुन, वडा सदस्यहरू नेत्र बहादुर दमाई, लक्ष्मी सुनार लगायतको उपस्थिति रहेको थियो ।

करिब ५०० भन्दा बढी किसानहरुलाइ नगदेवाली फलफुल जातका विरुवा बाट ब्यबसायिक कृषि तर्फ आक्रर्षण गर्न उक्त विरुवा वितरण गरिएको छ बताइएकाे।

वडाध्यक्ष विक्रम रावतले यसरी आफूहरूले यहाँका किसानहरुलाई बिरुवा वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै अनुदान कार्यक्रमको लागि सहयोग गरेकोमा बागचौर नगरपालिकालाई धन्यवाद दिएका छन् । उनी भन्छन् यहाँको भूगोल अनुसार कागती र टिमुरको लागि उचित ठाउँ भएकोले यी जातका बिरुवाहरू कृषकहरूलाई निःशुल्क वितरण गरिएको हो । बिरुवाहरूलाई राम्रोसँग स्याहारसुसार एवम् मलजल गरी बिरुवाबाट उत्पादन समेत बढाएको देख्न अनि सुन्न पाईयोस भनि यहि ध्येयले बिरुवा लगाउन समेत अनुरोध गरेका छन् ।

साथै, ५०० बढी घरधुरी किसानहरूले कागती र टिमुर गरी प्रति व्यक्ति करिब ४० वटा बिरुवा निःशुल्क रूपमा पाएकोले स्थानीय सरकारलाई धन्यवाद व्यक्त गर्दै खुसी साथ बिरुवाहरू हुर्काउने प्रतिबद्धता समेत गरेका छन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता