सल्यानमा राहत  शिक्षक पदपुर्ति  परिक्षा सञ्चालनमा अनाधिकृत ब्यक्तीकाे दबाव

सल्यानमा राहत शिक्षक पदपुर्ति परिक्षा सञ्चालनमा अनाधिकृत ब्यक्तीकाे दबाव

ईन्द्र बुढाथाेकी श्रावन १४ सल्यान

सल्यानमा राहत शिक्षक पदपुर्ति परिक्षा सञ्चालनमा प्रक्रियामा अनाधिकारिक ब्यक्तीकाे दवाव भएकाले परिक्षाबाट बाहिरिएकाे बिद्यालयले जनाएकाे छ।

विज्ञापन

बनगाड कुपिन्डे नगरपालिकाकाे वडा नं ७ सिम्ता गैरामा रहेकाे बाल कल्याण प्राथमिक बिद्यालयकाे रिक्त राहत करार शिक्षककाे पदपुर्ति का लागी परिक्षा सञ्चालन प्रक्रियामा बिद्यालय ब्यबस्थापन समितीले ताेकिएका भन्दा फरक ब्यक्ती प्रबेश गरी दबाव दिएकाले परिक्षा सञ्चालन प्रक्रियाबाट बाहिरिएकाे ब्यबस्थापन समिती अध्यक्ष देवी सार्की र प्रअ बाेधिराम रावतकाे हस्ताक्षर गरी प्रकाशित गरिएकाे सुचनामा जनाईएकाे छ।

बिद्यालयकाे सुचनाका आधारमा राहत करार शिक्षक परिक्षा सञ्चालन प्रक्रियामा शिक्षा शाखा प्रमुख बाटै परिक्षालाई अमर्यादित बनाएकाे आराेप छ।

सुचनामा भनिएकाे छ शिक्षा शाखा प्रमुख धुर्वा कुमारी थापाले परिक्षा अमर्यादित बनाउन परिक्षार्थीबाट बस्तुगत प्रश्नपत्र आफैले उठाएकाे, बिषय बिज्ञ भन्दा पहिले नै १२ जना परिक्षार्थीकाे बस्तुगत प्रश्नपत्रमा राताे चिन्ह लगाएकाे, बिषय बिज्ञहरुले प्रअ लाइ बस्तुगत प्रश्नपत्रकाे नतिजा बिबरण नदिई सुचना लेख भनि दवाव दिइ अनैतिक शब्द प्रयाेग गरेकाे, बिब्यसले राखेका बिषय बिज्ञहरु भन्दा अनाधिकारिक ब्यक्ती प्रबेश गराइ प्रश्नपत्रकाे गाेपिनियता खलल पुर्याईएकाे र २ जनाकाे नाम आएकाेमा एक जनाकाे मात्र नाम लेख भनि दवाव दिईएकाे बिद्यालयकाे सुचनामा उल्लेख छ।

बिद्यालयले शिक्षक पद पुर्तीका लागी असार १६ गते देखि ०७९ असार ३० गते सम्मकाे १५ दिने सुचना प्रकाशित गरेकाे सुचनाकाे आधारमा १५ जनाकाे आबेदन परेकाे बिद्यालयले जनाएकाे छ।

१५ दिने सुचना पुरा गरेकाेले श्रावन १३ गते परिक्षा सञ्चालन प्रक्रियामा नै त्रुटी भएकाे समाचार आएकाले बिद्यालय प्रशासनले यस बिषयमा सामाजिक सञ्जालमा आएका समचारकाे भ्रममा नपरी सत्य तथ्यका आधारमा समाचार सम्प्रेशन गर्न आग्रह गरेकाे छ।

हेर्नुहाेस पुरा सुचना

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता