सिराहमा कुटिइन दलित महिला उनका श्रीमानले गरे प्रहरीमा उजुरी

सिराहमा कुटिइन दलित महिला उनका श्रीमानले गरे प्रहरीमा उजुरी

सिरहा २०७८ श्रावन १०


कल्याणपुर नगरपालिकाको निलम्बित मेयर सूर्यनाथ मण्डलका छोरासहितको समुहले शुक्रबार राती ११ बजेको समयमा दलित महिलामाथि अभद्र व्यवहार गदै मरणासन्न गरी कुटपिट गरेका छन।
कल्याणपुर नगरपालिका वडा ३ की ४० वर्षीय सितादेवी महरा र उनलका १८ वर्षीय छोरा जितेन्द्र महरालाई कुटपिट गरेकाे आराेपमा सिता देवीका श्रीमानले घटनाकाे सत्यतथ्य छानबिनकाे लागी प्रहरीमा उजुरी दर्ता गरेका छन।

विज्ञापन


दलित बस्तीमा पुग्नु अगावै दिनेशको समूहले दलित महिलाको घर आँगनमा माटो र पत्थर फँयाकी जथाभावी गालीगलौज गरी कुटपिटमा उत्रिएका थिए ।
११ बजे राति घरमा आएर मेरो आमालाई चमिनी तलाई कसले काम दिन्छ भन्दै फोहोर शब्दमा गालीगलौज गर्दै घिसारीघिसारी निलम्बित मेयर सूर्यनाथ मण्डलको कान्छो छोरा दिनेश मण्डल र मेयरका भाई विषुन मण्डलको छोरा राकेश मण्डलसहितको समूह जाँडरक्सी सेवन गरी सुनियोजित रुपमा कुटपिट गर्ने मनसायले दलित बस्तीमा पुगेर कुटपिट गर्ने थालेपछि किन कुटपिट गरेको भनेर प्रश्न गर्दा उल्टो आफुलाई पनि कुटपिट गरेको छोरा जितेन्द्र महराले बताए ।

घाईते आमा र छोराको उपचार युनिक मोडल अस्पताल कल्याणपुर ११ स्थित उपचार भइरहेको छ ।घाईते जितेन्द्र महराले आफुहरुलाई घरमा कुटपिट गर्दा कल्याणपुर ईलाका प्रहरी कार्यालय फोन गर्दा समेत कुनै पहल नगरेको उनले गुनासो गरे ।

‘न्याय दिने निकाय पनि पावर र पैसाको पछि लागेर होला, मैले समयमै खबर गरेपनि घटनामा प्रहरीले कुनै चासो देखाएन्,’ जितेन्द्रले भने, ‘ हामीमाथि अन्याय भयो, न्यायको लागि आवाज उठाइदिनुहोस् ।’

दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्रव्यहार र कुटपिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नु पर्ने बताए ।

महराले पद पैसा र पहँचको आधारमा कसैलाई छुटदिनु हुँदैन मानव अधिकारको उल्लंघनका घटनामा प्रहरी प्रशासनले समयभित्र गम्भिरतापूर्व पिडितको उपचार र न्यायदिनु पर्ने बताएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता