अखिल नेपाल किसान महासंघ (क्रान्तीकारी केन्द्र)को अध्यक्षमा गुमान कवँर

अखिल नेपाल किसान महासंघ (क्रान्तीकारी केन्द्र)को अध्यक्षमा गुमान कवँर

फागुन २१ सल्यान

अखिल नेपाल किसान महासंघ क्रान्तीकारी केन्द्रको अध्यक्षमा गुमान कवँर निर्वाचित भएका छन।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्दको जनवर्गिय संगठन अखिल नेपाल किसान महासंघ क्रान्तीकारी केन्द्र छत्रेश्वरी गाउ समितीको दोस्रो भेला बाट कवँर अध्यक्षमा निर्वाचित भएका हुन। कवँरको अध्यक्षतामा १७ सदस्यिय गाउ समिती गठन गरिएको छ।

जसको उपाध्यक्षमा मेघराज बुढाथोकी सचिव गोकर्ण बुढाथोकी कोषाध्यक्षमा हस्त बहादुर बिक सह सचिवमा जित बहादुर वलि निर्वाचित भएका छन।

अखिल नेपाल किसान महासंघ क्रान्तीकारी केन्द्र छत्रेश्वरी फ्याक्सन इन्चार्ज धनिराम लामिछानेको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी माओबादी कर्णाली प्रदेश समिती सदस्य चित्र बहादुर केसी को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अखिल नेपाल किसान महासंघ क्रान्तीकारी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज कलीराम वली छत्रेश्वरी पार्टी अध्यक्ष प्रेम बहादुर खडका उपााध्यक्ष धुव्र राज भण्डारी गणेश भारती सचिव हिमाल यात्री गाउ कमिटी सदस्य भिम बहादुर परियार धन बहादुर परियार मोहन बिक वाइसिएल केन्द्रिय सदस्य प्रतिभा वलीको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन धन बहादुर परियारले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता