छोरी सिध्याइएको सूचना

छोरी सिध्याइएको सूचना

फागुन २४ सल्यान

हिड्दाहिड्दै देख्दादेख्दै

विज्ञापन

अल्ट्रासाउन्डका छाँयामा

“X ” र ” X” को मेलमा

विभिन्न जालझेल बुन्दै

धेरै छोरी हराइए , दबाइए , लुकाइए

बेपत्ता पारिए ,लिङ्गको नाउँमा ।

छोरीको “छ” सुन्दै छक्क पर्दै

फेरि पाई भन्दै, मुर्मुरिँदै

छुकछुक रुदैं , निधारमा हान्दै

छोरोप्रसाद छोरी सिध्याउन हिडेको धेरै भयो

सुन्छु ६ छोरी सिध्यायो रे ।

हल्ला चलेको छ छोरोप्रसाद

अब एकएक हिसाब राख्ने शुरमा छ रे

गर्भबाट बेटी हराउने

भ्रुणको रेटिरेटि हत्या गर्ने

औषधी मज्जाले खुवाउने

पाठेघरमा X देखेपछि छानिछानि

नालीमा फाल्ने, सालनालबाटै गाड्ने

योजना परियोजना बुन्दै छ रे ।

छोरोप्रसादहरु सल्बालाएको धेरै भयो

दाइजोको निहुँमा जिउँदै जलाएको

दागबत्ती र किरियाको नाममा

अधिकार र आफन्त्वबाट पन्छाएको

पराँइको धन भन्दै

दिन गन्दै आफ्नोबाट पराँइ बनाउने

जिउँदै खल्को हाल्ने, जुठो नबार्ने

कसम खाएको छ उसले ।

ऊ अक्सर भुल्दछ

ऊ त्यहीँ छोरीको छोरो हो

उसलाई मान्छे बनाउने आमाको छोरो

खाल्डोमा खस्दा उठाउने छोरीको छोरो

उसलाई पिडा हुँदा रुने छोरीको छोरो ।

छोरीको रगतबाट बनेको

दूध पिएको , ९ महिना दुख दिएको

पिठ्युँमा सुतेको, खेलेको

औंला समात्दै हिड्न सिकेको

छोरोप्रसादले सायद भुलेछ

पृति सत्ताको आडमा ।

छोरो बेहोसमा छ

पृतिसत्ताको दास भएको छ

“Y” को अहंकारमा डुबेको छ

दागबत्तीको आगो ताप्न पल्केको छ

काजकिरियाको कसम खाएको छ

र त छोरीको हत्या गर्न जानेको छ

सिकेको छ , छानिछानि आमा मार्न तयार भएको छ

छोरोप्रसाद !!!!

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता