पुलको लोड जाँचका लागि कर्णाली राजमार्ग र कर्णाली करिडोर अबरुद्ध हुने

पुलको लोड जाँचका लागि कर्णाली राजमार्ग र कर्णाली करिडोर अबरुद्ध हुने

सागर परियार भदाै ७ जुम्ला

जुम्ला । पुल भार क्षामता परिक्षणका लागि कर्णाली राजमार्गका दुई ठाउँमा अबरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि ३६ घण्टा राजमार्ग अबरुद्ध गर्न लागिएको हो ।

विज्ञापन

कर्णाली राजमार्ग अन्र्तगतको दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको लोड क्षमता जाँच गर्नका लागि ३६÷३६ घण्टा कर्णाली राजमार्ग अबरुद्ध हुने भएको छ ।

जस अन्तरर्गत राजगमार्गको घट्टेखोलामा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका मंगलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द भएको सडक डिभिजन जुम्लाका निमित्त कार्यालय प्रमुख विरेन्द्र रावलले बताए ।

उनका अनुसार कालिकोट,दैलेख,जुम्ला र मुगु जिल्लामा सूचना जारी गरेर सडक अबरुद्ध बारे नागरिकलाई सुचित गराइएको छ । पुलहरुको अनिवार्य रुपमा लोड क्षामताको परिक्षण गर्नुपर्ने भएकोले सडक बन्द गर्नुपरेको हो । मंगलबार विहानदेखि कर्णाली राजमार्ग स्थित घट्टेखोला पुलको भार परिक्षण भईरहेको छ ।

त्यस्तै कर्णाली करिडोर अन्तरर्गत कर्णाली नदी माथि बनेको पुलकको लोड परिक्षणका लागि लागि आगामी भदौ ९ गते विहिबार विहान ६ बजेदेखि ३६ घण्टा राजमार्ग बन्द रहने सडक डिभिजन जुम्लाले जनाकारी दिएको छ । प्राबिधिक रुपले पुलका भार क्षमता जाँच गर्नुपर्ने व्यवस्था छ ।

पक्की पुलको टेष्टिङको समयमा कर्णाली राजमार्गको दुबैतर्फको आवातजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवातजावतका लागि त्यही अनुसार व्यवस्थापन गर्न समेत आग्रह गरिएको छ ।

ठुला क्षामताका सवारी गुड्न थालेपछि दुर्घटनाको जोखिम छ । निमित्त प्रमुख रावलले भने,“प्राविधिक दृष्टीले पनि पुलको भार जाँच्न जरुरी देखिएपछि छुट्टा छुट्टै समयमा ३६÷३६ घण्टा कर्णाली राजमार्ग र कर्णाली करिडोर बन्द गरेका हौ ।”

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता