मिजार समाज रुपन्देहीद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग
- ई प्रतिबिम्ब
- २०८१ जेष्ठ १२
- 355 views
बुटवल – मिजार समाज रुपन्देही जिल्ला कमिटीको आयोजनामा मिजार समुदायका जेहेन्दार तथा मेहनती विद्यार्थीहरुलाई शनिबार सहयात्री सहकारी बुटवलको सहभाहलमा छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
समाजले ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति तथा स्कुल ब्याग हस्तान्तरण गरेको हो । त्यस्तैगरी स्वदेशी सुज उद्योगका प्रोप्राइटर कमल बस्यालले विद्यार्थीहरुलाई जुत्ता सौजन्यरुवरुप सहयोग गरेका थिए ।
कार्यक्रममा मिजार समाज रुपन्देहीका अध्यक्ष दिल बहादुर नेपालीको अध्यक्षतामा मिजार समाज नेपालका केन्द्रीय सल्लाहकार तथा सहयात्री सहकारीका अध्यक्ष हरि बहादुर बोमरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोमरेलले मिजार समाज रुपन्देही गठनपछि पहिलो पर्यत्न छात्रवृत्ति वितरण गरिएको भन्दै मिजार समाजले पछाडि परेका वर्गको उत्थान र संगठित बनाउने बताए । उनले मिजार समाजभित्र आवद्ध रहेका समुदायहरुको शिक्षा, स्वास्थ्य, सामाजिक र राजनीतिकलगायत राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउने बताए ।
त्यस्तैगरी कार्यक्रमका विशिष्ट अतिथि मिजार समाज नेपालका केन्द्रीय उपाध्यक्ष सुहा बहादुर नेपाली, मिजार समाजका लुम्बिनी प्रदेश अध्यक्ष जितु बौडेल, मिजार समाजका लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि विष्णु नेपाली, मिजार समाजका प्रदेश सदस्य हिरा बहादुर गौतमलगायतले बोल्दै समाजको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । मिजार समाज रुपन्देहीका उपाध्यक्ष राज कुमार ठडराईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चबलन समाजका सचिव सकुन्तला नेपालीले गरेकी थिईन् ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्