मिजार समाज रुपन्देहीद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग

मिजार समाज रुपन्देहीद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग

 

बुटवल –  मिजार समाज रुपन्देही जिल्ला कमिटीको आयोजनामा  मिजार समुदायका जेहेन्दार तथा मेहनती विद्यार्थीहरुलाई शनिबार सहयात्री सहकारी बुटवलको सहभाहलमा छात्रवृत्ति तथा शैक्षिक सामग्री  हस्तान्तरण  कार्यक्रम सम्पन्न भएको छ ।

समाजले ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति तथा स्कुल ब्याग हस्तान्तरण गरेको हो । त्यस्तैगरी स्वदेशी सुज उद्योगका प्रोप्राइटर कमल बस्यालले विद्यार्थीहरुलाई जुत्ता सौजन्यरुवरुप सहयोग गरेका थिए ।
कार्यक्रममा मिजार समाज रुपन्देहीका अध्यक्ष दिल बहादुर नेपालीको अध्यक्षतामा मिजार समाज नेपालका केन्द्रीय सल्लाहकार तथा सहयात्री सहकारीका अध्यक्ष हरि बहादुर बोमरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोमरेलले  मिजार समाज रुपन्देही गठनपछि पहिलो पर्यत्न छात्रवृत्ति वितरण गरिएको भन्दै  मिजार समाजले पछाडि परेका वर्गको उत्थान र संगठित बनाउने बताए । उनले  मिजार समाजभित्र आवद्ध रहेका समुदायहरुको शिक्षा, स्वास्थ्य, सामाजिक र राजनीतिकलगायत  राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउने बताए ।

त्यस्तैगरी कार्यक्रमका विशिष्ट अतिथि मिजार समाज नेपालका केन्द्रीय उपाध्यक्ष सुहा बहादुर नेपाली,  मिजार समाजका लुम्बिनी प्रदेश अध्यक्ष जितु बौडेल, मिजार समाजका लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि विष्णु नेपाली, मिजार समाजका प्रदेश सदस्य हिरा बहादुर गौतमलगायतले बोल्दै समाजको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । मिजार समाज रुपन्देहीका उपाध्यक्ष  राज कुमार ठडराईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चबलन समाजका सचिव सकुन्तला नेपालीले गरेकी थिईन् ।