युवा लक्षित निति कार्यक्रम ल्याउने सामाजिक विकास मन्त्री खत्रीको दाबी
- ई प्रतिबिम्ब
- २०८१ जेष्ठ १५
- 410 views
बुटवल – लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले एक हातमा उच्च शिक्षाको प्रवेश पत्र र अर्को हातमा बिदेश जाने पासपोर्ट बोक्ने प्रबृत्तिको अन्त्य हुन जरुरी रहेको बताएका छन् । सामाजिक बिकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदले नेपालगन्जमा आयोजना गरेको योजना तर्जुमा प्रक्रियामा युवाको सवाल विषयक कार्यशालामा बोल्दै मन्त्री खत्रीले मुलुक भित्रै युवाले भविश्य देख्ने गरि नीति र कार्यक्रम बनाउने बताए ।
उनले गाउँका दुरदराजमा बालबालिका र बृद्धहरु मात्र रहने संस्कृतिको अन्त्य गर्न तर्फ प्रदेश सरकार सचेत रहेको जानकारी दिए । बिगत नदेखेका युवाहरुमा नेपालमा केही भएको छैन भन्ने सोँचको विकास भएको उल्लेख गर्दै उनले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा युवा मैत्री नीति कार्यक्रम आउने बताए । उनले आगामी नीति तथा कार्यक्रममा थोरै बिद्यालय धेरै बिद्यार्थीको नीति ल्याउने र थोरै बिद्यार्थी भएका बिद्यालयहरुलाई मर्ज गरि कार्यक्रम ल्याइने जानकारी दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा. बिनोद ढकालले शिक्षामा विश्वबिद्यालयबाट दिक्षित भए लगत्तै मुलुक बाहीर जाने सोँचको विकास गरिनु नहुने बताए । उनले शिक्षामा स्वदेशमै स्व(रोजगारको विश्वास दिलाउने नीति बन्न आवश्यक रहेको बताउँदै शिक्षाले उद्यमशिलता सिकाए युवामा बिदेश जाने चाहनामा कमी आउने विचार व्यक्त गरे।
कार्यशालामा लुम्बिनी प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द खत्री, सदस्य रिया बस्नेत क्षेत्रीलगायतले राज्यसँग युवा मैत्री नीति नहुँदा युवाहरु बिदेश पलायन हुने गरेको बताएका थिए । कार्यशालामा बाकेँका सबै स्थानिय तहबाट १ सय बढिको सहभागी थियो । युवा सम्बद्ध संस्थागत प्रतिनिधित्व गर्ने युवा अगुवाहरुले राज्यले अवलम्बन गर्नुपर्ने युवा नीतिका बारेमा सुझाव दिएका थिए । कार्यशालामा अब बन्दै गरेको प्रदेशको निति तथा कार्यक्रममा युवाका सवल समेट्ने गरी युवाहरुको सुझाब संकलन गरी उठेका बिषयहरुलाई सरकारले संबोधन गर्नेगरी सबै स्थानिय तह र प्रदेश सरकारलाई बुझाउने गरी नेपालगन्ज घोषणापत्र जारी गर्दै आजै सम्पन्न भएको छ ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्