ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनको संयोजकमा प्रकाश भण्डारी चयन

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनको संयोजकमा प्रकाश भण्डारी चयन

मंसिर ५

माल्टामा रहेका नेपालीलाई सहयाेग गर्न माल्टामा रहेका नेपालीहरूले प्रकाश भण्डारीकाे संयाेजकत्वमा  नेपाल माल्टा च्यारेटी अर्गनाइजेसन गठन गरेका छन।

विज्ञापन

माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई भई परि आउने विविध समस्या समाधान गर्नको लागी ‘हेल्प द नेप्लिज पिपल्स ईन माल्टा,भन्ने मुख्य नारा लिएर नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन गठन  गरिएकाे  छ ।

एनआरएनए माल्टाका निवर्तमान उपाध्यक्ष एबं सफल ब्यावसायी प्रकाश भण्डारीको संयोजकत्वमा २५ सदस्यिय कार्यसमिति  गठन गरिएकाे हाे।

उपसंयोजकमा रेमलाल खनाल,जिके शर्मा,प्रकाश थापा,उपेन गिरी,शर्मिला बस्नेत , शुभाष तिमल्सिना,रिना कार्की,प्रेम बहादुर लिम्बु र मधु गुरुङ रहेका छन भने सदस्यहरूमा हरीप्रकाश बिश्वकर्मा,राजेन्द्र भण्डारी,टिका प्रसाद श्रेष्ठ,तेज माझी,गंगा बहादुर पुन,उदय श्रेस्ठ,सन्जिव पौडेल,रोशन सिजापती,अम्वर बिस्ट,राजेन्द्र बिस्ट,राजेश पंगेनी,शंखर खत्री,भगवान थापा,हरी पौडेल,सचिन श्रेस्ठ र लोकराज पौडेल रहेका छन ।

माल्टामा  रहेका  नेपालीहरूको सुख दुखको साथी बन्न  नेपाल माल्टा च्यारेटी अर्गनाइजेसन  स्थापना गरेकाे  संयोजक भण्डारीले बताए ।
उक्त कार्यक्रममा एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्याललगाएत  समाजसेवी,ब्यावसायी र माल्टामा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो ।

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन गठन भएपछि आइतवार नै पहिलो बैठक बसी विभिन्न निर्णयहरु गरेको छ ।

उक्त बैठकले संस्थामा सदस्य सचिव र सल्लाहकार नियुक्ती गर्ने,संस्था दर्ता गर्ने,सँस्थामा सदस्यता थप्न अभियान संचालन गर्ने,फजुल खर्च कटौती गर्दै सामाजिक कार्य र च्यारिटीमा सहयोग गर्न अभियान चलाउने निर्णय गरेको छ ।

साथै माल्टामा भई परि आउने समस्या समाधानमा संस्था सकृय हुने निर्णय गरेको संयोजक भण्डारीले बताए ।