पुर्व मन्त्री मिन बिश्वकर्मले प्रस्ताव गरेका चोवार सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल प्रधानमन्त्री देउवा द्धारा उद्घाटन

पुर्व मन्त्री मिन बिश्वकर्मले प्रस्ताव गरेका चोवार सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल प्रधानमन्त्री देउवा द्धारा उद्घाटन

काठमाडौ चैत्र २२

पुर्व बिभागीय बानिज्य मन्त्री मिन बिश्वकर्मले प्रस्ताव गरेका  चोवार सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका छन।

विज्ञापन

प्रधानमन्त्री  शेरबहादुर देउवा बाट नै शिलान्यास गर्ने गरि २०७४ फागुन ८ गतेको मिति तय गरे पनि  सरकारबाट बाहिरदा उक्त योजना उद्धघाटन हुन सकेको थिएन।

मन्त्री बिश्वकर्म ले  उनको कार्यकालमा दुइ वटा योजना प्रस्ताव गर्दा सदनमा पास भएको तर उद्धघाटन  नहुदा दुखेसो भएको तर अहिले प्रधानमन्त्री देउवा बाट नै उद्धघाटन भएकोले कार्यकालको कामले पुर्णता पाउदा खुसी ब्यक्त गरेका छन।

क्याबिनेट बैठकमा विभागीय मन्त्री ( वाणिज्य) को हैसियतले उनले प्रस्ताव गरेका दुइ वटा योजना यस्ता थिए।

(१) १५७२ रोपनी जग्गा मन्त्रालयको नाममा लिने

(२) उक्त जग्गामा सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय ब्यापारिक प्रदर्शनी स्थल निर्माण गर्ने ।

उक्त प्रस्तावमा  प्रधानमन्त्रीले नै  यस्को मह्त्व र औचित्य बुझाउन गहन ब्याख्या सङ्गै असल कार्य हो जसरी पनि पास  गर्न सहयोग  गरेकाले आफु सफल भएको बताएका छन।

सरकारबाट बाहिरिनु परेकोले भएको पिडाबोध भए पनि  आज उहाकै बाहुलिबाट उद्घाटन भएको देख्न पाउँदा असिम खुशीमा बदलिएको छ  बताएका छन।

यो दिन ल्याउन सहयोग गर्नु हुने सम्माननिय प्रधानमन्त्रीज्यु प्रती आभार व्यक्त गर्दै यस्का लागि अहोरात्र काम गर्ने तत्कालिन सचिव चन्द्र घिमिरे र ईन्टरमोडलका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत एबम सहयोगीहरुलाइ  धन्यबाद ज्ञापन  गरेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता